हाम्रो बारेमा

सबै

रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज  रामेछाप जिल्लामा स्थापित पहिलो व्यवसायिक रेडियो हो । रामेछाप जिल्ला भित्रकै प्रतिष्ठित उद्योगि, व्यवसायि तथा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको सामुहिक लगानिमा यो रेडियो सञ्चालमा आएको छ । एभरग्रिन सुनापति मिडिया प्रा.लिद्वारा सञ्चालित रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज  रामेछाप जिल्लाको पहिलो व्यवसायिक रेडियो हो । रेडियो तीनलालको स्टुडियो जिल्ला सदरमुकाम मन्थलीमा रहेको छ भने यसको टावर रेडियोको आफ्नै जग्गामा निर्माण गरिएको सुकाजोर गाविसको भालुखोपमा रहेको छ । रेडियो आत्याधुनिक स्टुडियो तथा साउण्ड सिस्टमबाट प्रशारण भइ रहेको छ । रामेछाप जिल्लाको उचाइमा रहेका डाँडा मध्येको एक भालुखोप डाँडामा रेडियोको टावर रहेको कारण रेडियो रामेछाप जिल्लाका सबै भागमा सुनिन्छ । यसको साथै मध्यमाञ्चलका सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक धनुषा, महोत्तरी, सर्लाही  तथा पुर्वका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङसम्म पनि रेडियोको पहुँच क्षेत्र रहेको छ । यसै गरी नारायणी अञ्चलका मकवानपुर, रौतहट, बारा लगायत जिल्लाहरुमा पनि रेडियोको प्रशारण सुनिने गरेको छ ।  यसको प्रशारण ०६७ बैशाख ८ गतेबाट सुरु भएको हो । रेडियोले विभिन्न मनोरञ्जनात्मक, सामुदायिक हित, व्यवसायिक विकास तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । रेडियोले स्थानीय र आसपासका समाचारहरुलाई प्रथमिकता क्रममा राखि प्रशारण गर्नुका साथै जनचासोका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका समचारहरु पनि प्रशारण गर्दै आएको  छ । यस रेडियोले दैनिक विहान ५ बजेदेखि राति १0 बजेसम्म आफ्नो नियमित प्रशारण गर्दै आएको छ ।