News »
रामेछाप जिल्लामा हालसम्म ३८ तहको मतपारिणाम सार्वजनिक, कांग्रेस १० , एमाले १८ र माओवादी ९र राप्रपा १ स्थानमा विजयी


रामेछाप । जेठ ३ गते,
रामेछाप जिल्लामा हाल सम्म घोषणा भएका ३८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार कांग्रेस १०, एमालेका १८  र माओवादी केन्द्रले ९ र राप्रपा १ स्थानमा  जित हासिल गरेको छ । रामेछाप नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका अध्यक्ष नर बहादुर थापा सहित एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी रामेछाप नगरपालिका २ वाट माओवादी केन्द्रका निर कुमार श्रेष्ठ र वडा नम्बर ३ साँघुटारवाट नेकपा एमालेका भुपाल श्रेष्ठको प्यानलै बिजयी भएको छ । त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ ,मन्थली नगरपालिकाको वडा नम्बर २ को  अध्यक्षमा नेपाली काँग्रेसका तरणीशंकर अधिकारी ,वडा नम्बर ३ को अध्यक्षमा काँग्रेस उम्मेद्वार केशव रोक्का सहितको प्यानल बिजयी भएको छ । मन्थली नगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका विरेन्द्र बर्जाचार्यको टिम ,मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानिमा माओवादी केन्द्रका रामबहादुर कार्कीको प्यानलै बिजयी भएको छ ।
त्यसैगरी मन्थली ६ मा एमालेका गोपाल माझीको प्यानल, वडा नम्बर ७ नेकपा एमालेका सुदर्शन प्रसाईको प्यानल र वडा नम्बर ८ एमालेकै राज कुमार श्रेष्ठको प्यानल बिजयी भएको छ । यसैगरी मन्थली नगरपालिका वडा नम्ब र ९ मा नेपालि कांग्रेसका वुद्धि बहादुर पुलामी मगर  विजयि हुनुभएको छ ।
यसैगरी गोकुलगंगा गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका खड्ग सु्नुवार  विजयि हनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकै राधिका श्रेष्ठ नेवार विजयि हुनुभएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्ष नेपाली काँग्रेसका उम्मेद्वार मणीकुमार लामा बिजयी भएका छन् । वडा नं २ ठोसेमा एमालेका शेखर श्रेष्ठको प्यानल विजयी भएको छ । गोकुलगंगा  गाउँपालिकाको वडा नम्बर ३ रस्नालुमा नेकपा एमालेका नरबहादुर कार्की र उनको टिम विजयी भएको छ ।  गोकुलगंगाकै वडा नम्बर ४ मा नेपाली काँग्रेसका देवराज कार्कीको प्यानलै बिजयी भएका छन् । त्यस्तै वडा नम्बर ५मा बलराम खड्का विजयि हनुभएको छ भने वडा नम्ब र ६ मा नेपालि काग्रेसका चन्द्र सुनुवार विजयि हनुभएको छ ।
त्यसैगरी उमाकुण्ड गाउँपालिकाको प्रमुखमा एमालेका शेर बहादुर सुनुवार विजयि हुनुभएको छ भने उपाध्यक्षमा राप्रपाका उर्मिला कार्की बस्नेत विजयि हुनुभएको छ । उमाकुण्ड गाउँपालिकाको  वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका नुर्वु शेर्पा बिजयी भएका छन् । उमाकुण्ड गाउँपालिका  वडा नम्बर २ को अध्यक्षमा खम्बध्वज बस्नेत नेकपा माओवादी केन्द्रबाट विजयी भएका छन् । यसैगरी वडा नम्बर ३ मा नेपालि कांग्रेसका रमेश सुनुवार विनयि हुनुभएको छ ।  उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसका रमेश सुनुवार बिजयी भएका छन् । यसैगरी वडा नम्बर ५ मा एमालेका कुवेर खत्रि विजयि हुनुभएको छ । वडा नम्बर ६ मा एमालेकै कृष्ण कुुमार सुनुवार विजयि हुनुभएको छ । यसैगरी वडा नम्बर ७ मा एमालेका रुद्र नेवार विजयि हुनुभएको छ ।
लिखु गाउँपालिकाका वडा नं १ दुरागाउँबाट नेकपा एमालेका मिङमार तामाङ र उनको टिम बिजयी भएको छ । वडा नं २ सैपुमा काँग्रसका पदम तामाङ बिजयी भएका छन् ।  वडा नम्बर ३ र ४ क्रमस एमालेका यम बहादुर महत र लिला बस्नेत बिजयी भएका छन् ।
खाँडादेवि गाउँपालिकाको वडा नम्बर १ राकाथुममा मा ४ सदस्य सहित माओवादी केन्द्र विजयि भएको छ । माओवादी केन्द्रका कृष्ण कुमार श्रेष्ठ विजयि भएमा हुन् ।  वडा नम्बर २ मझुवामा नेपाली काँग्रेसका ईन्द्र कुमार लामाको टिम बिजयी भएको छ । दोरम्बा गाउँपालिकाको वडा नम्बर १ डडुवामा ढालबिक्रम राना मगरको नेकापा एमालेको प्यानल र वडा नम्बर  २ मा माओवादी केन्द्रका खड्ग बहादुर श्रेष्ठको प्यानल बिजयी भएको छ । त्यस्तै त्यस्तै सुनापती गाउँपालिका ५ मा भने नेकपा माओवादी केन्द्रका ठुलोकान्छा तामाङको टिमनै बिजयी भएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार