News »
रामेछापको ६ गाउँपालिका २ नगरपालिकाको अन्तिम परिणाम आउने क्रम जारी

रामेछाप । जेठ ४ गते,
रामेछापमा बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । ६ गाउँपालिका र २ नगरपालिका रहेको जिल्लाको यो समाचार तयार पार्दा सम्मको नतिजा हेर्दा नेकपा एमाले पहिलो , नेपाली काँग्रेस दोस्रो ,नेकपा माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो स्थानमा रहेको छ ।   मन्थली नगरपालिकाको अन्तीम मतपरणाम आएको छ । जसमा प्रमुख र उपप्रमुखनै नेकपा एमालेले जितेको छ । नेपाली काँग्रेसका बिनोद कार्की र माओवादी केन्द्रका तारानारायण श्रेष्ठलाई पछि पार्दै एमालेका रमेश बस्नेत नगरप्रमुखमा बिजयी भएका हुन् भने काँग्रेसका गंगा अधिकारी र माओवादी केन्द्रका रितादेवी घिमिरेलाई पछि पार्दै एमालेका माया कार्की उपप्रमुखमा बिजयी भएका हुन् । बस्नेतले ६,५२९ र कार्कीले ६,५०६ मत पाएका छन् । त्यस्तै बस्नेतका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिनोद कार्कीले ५,३७९ मत पाएका छन् भने उपप्रमुखमा कांग्रेसकी गंगा अधिकारीले ५,३६२ मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ५,३११ मत पाएका छन् भने उपप्रमुखमा माओवादी उम्मेदवार रितादेवी घिमिरेले ४,९९४ मत पाएकी छन् ।
त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ ,मन्थली नगरपालिकाको वडा नम्बर २ को  अध्यक्षमा नेपाली काँग्रेसका तरणीशंकर अधिकारी ,वडा नम्बर ३ को अध्यक्षमा काँग्रेस उम्मेद्वार केशव रोक्का सहितको प्यानल बिजयी भएको छ । मन्थली नगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका विरेन्द्र बर्जाचार्यको टिम ,मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानिमा माओवादी केन्द्रका रामबहादुर कार्कीको प्यानलै बिजयी भएको छ ।
त्यसैगरी मन्थली ६ मा एमालेका गोपाल माझीको प्यानल, वडा नम्बर ७ नेकपा एमालेका सुदर्शन प्रसाईको प्यानल र वडा नम्बर ८ एमालेकै राज कुमार श्रेष्ठको प्यानल बिजयी भएको छ । यसैगरी मन्थली नगरपालिका वडा नम्ब र ९ मा नेपालि कांग्रेसका वुद्धि बहादुर पुलामी मगर  विजयि हुनुभएको छ । मन्थली नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रका भरत बोहोरा विजयि हुनुभएको छ । त्यसैगरीमन्थली नगरपालिका वडा न ११ मा ने क पा माओबादीको भिम बहादुर मगरको पुरै प्यानल बिजयी भएको छ । मन्थली नगरपालिका वडा नम्बर १२ मा नेकपा एमालेका कृष्णहरी अधिकारी ७ सय १४ मत ल्याएर विजयि हुनुभएको छ । त्यसैगरी मन्थली मन्थली ११ मा नेकपा एमालेका राजेन्द्र चौहान सहिति प्यानलनै बिजयी भएको छ । त्यसैगरी मन्थली वडा नम्बर १४ मा भने राप्रपाको भरत वाईवा बिजयी भएको छ ।
रामेछाप नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका अध्यक्ष नर बहादुर थापा सहित एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी रामेछाप नगरपालिका २ वाट माओवादी केन्द्रका निर कुमार श्रेष्ठ र वडा नम्बर ३ साँघुटारवाट नेकपा एमालेका भुपाल श्रेष्ठको प्यानलै बिजयी भएको छ । रामेछाप नगरपालिका ४ मा नेपाली काँग्रेसका टुकेन्द्र बहादुर मगर र ५ मा माओवादी केन्द्रका भिम बहादुर तामाङ बिजयी भएको । रामेछाप वडा नम्बर ६ ओख्रेनीको मतगणना जारी छ । अहिले सम्म ९ सय मत गन्दा एमालले नगर प्रमुखमा ४ सय २० , काँग्रेस २ सय १० र मओवादी केन्द्र १ सय ९४ ल्याएको छ । रामेछाप नगरपालिका वडा नम्बर ६ को ९ सय मत गणना हुदा नगर प्रमुखमा  काँग्रेस  २८ सय ९, नेकपा एमाले प्रमुखमा २८ सय १५ माओवादी केन्द्रले प्रमुखमा १८ सय ९३ मत ल्याएको छ । 
गोकुलगंगा गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका खड्ग सु्नुवार  विजयि हनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकै राधिका श्रेष्ठ नेवार विजयि हुनुभएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्ष नेपाली काँग्रेसका उम्मेद्वार मणीकुमार लामा बिजयी भएका छन् । वडा नं २ ठोसेमा एमालेका शेखर श्रेष्ठको प्यानल विजयी भएको छ । गोकुलगंगा  गाउँपालिकाको वडा नम्बर ३ रस्नालुमा नेकपा एमालेका नरबहादुर कार्की र उनको टिम विजयी भएको छ ।  गोकुलगंगाकै वडा नम्बर ४ मा नेपाली काँग्रेसका देवराज कार्कीको प्यानलै बिजयी भएका छन् । त्यस्तै वडा नम्बर ५मा बलराम खड्का एमाले विजयि हनुभएको छ भने वडा नम्ब र ६ मा नेपालि काग्रेसका चन्द्र सुनुवार विजयि हनुभएको छ ।
उमाकुण्ड गाउँपालिकाको प्रमुखमा एमालेका शेर बहादुर सुनुवार विजयि हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका उर्मिला कार्की बस्नेत विजयि हुनुभएको छ । उमाकुण्ड गाउँपालिकाको  वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका नुर्वु शेर्पा बिजयी भएका छन् । उमाकुण्ड गाउँपालिका  वडा नम्बर २ को अध्यक्षमा खम्बध्वज बस्नेत नेकपा माओवादी केन्द्रबाट विजयी भएका छन् । यसैगरी वडा नम्बर ३ मा नेपालि कांग्रेसका रमेश सुनुवार विनयि हुनुभएको छ ।  उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसका रमेश सुनुवार बिजयी भएका छन् । यसैगरी वडा नम्बर ५ मा एमालेका कुवेर खत्रि विजयि हुनुभएको छ । वडा नम्बर ६ मा एमालेकै कृष्ण कुुमार सुनुवार विजयि हुनुभएको छ । यसैगरी वडा नम्बर ७ मा एमालेका रुद्र नेवार विजयी हुनुभएको छ ।
लिखु गाउँपालिकाकाको प्रमुखमा एकालेका गोबिन्द बहादुर खड्का र उपप्रमुखमा पनि एमालेकै दिपशिखा दाहाल बिजयी भएका छन् । खड्का ४५९५ र दाहाल ४ हजार ६ सय ५ ल्याएर बिजयी भएका हुन् भने खड्का र दाहालको निकटतम् प्रतिद्धोन्द्धी नेपाली काँग्रेसका चन्द्र राउतले २४ सय ७४ , र कल्पना खड्का २४ सय ८० मत ल्याएका थिए । लिखुको वडा नं १ दुरागाउँबाट नेकपा एमालेका मिङमार तामाङ र उनको टिम बिजयी भएको छ । वडा नं २ सैपुमा काँग्रसका पदम तामाङ बिजयी भएका छन् ।  वडा नम्बर ३ र ४ क्रमस एमालेका यम बहादुर महत र लिला बस्नेत बिजयी भएका छन् ।लिखु गाउँपालिका वडा नम्बर ५ नागदहमा एमालेका सोम बहादुर तामाङ सहित पुरै प्यानल विजयि भएको छ   । लिखु गाउँपालिका वडा नम्बर ६ खिम्तीमा नेकपा एमालेका शिव न्यौपानेको पुरै प्यानल विजयि  हुनुभएको छ । वडा नम्बर ७ मा एमालेका सुवास बोहोरा सहति प्यानलनै बिजयी भएको छ ।
खाँडादेवि गाउँपालिकाको वडा नम्बर १ राकाथुममा मा ४ सदस्य सहित माओवादी केन्द्र विजयि भएको छ । माओवादी केन्द्रका कृष्ण कुमार श्रेष्ठ विजयि भएमा हुन् ।  वडा नम्बर २ मझुवामा नेपाली काँग्रेसका ईन्द्र कुमार लामाको टिम बिजयी भएको छ । वडा नम्बर ३ मा एमालेका पुष्कर कार्की विजयि हुनुभएको छ ।  । खाँडादेवी ४ मा एमालेका धन बहादुर लामा बिजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका तुलसीदाश श्रेष्ठको प्यानलनै बिजयी भएको छ । प्रमुखमा यो समाचार तयार पार्दा सम्म आँडादेवी गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेम तामाङ अगाडी रहेको छ ।
दोरम्बा गाउँपालिकाको प्रमसख र उपप्रमुखमा माओवादी केन्द्रको कमानसिंह मोक्तन र उपप्रमुखमा क्रिस्चला घिसिङ बिजयी भएका छन् । वडा नम्बर १ डडुवामा ढालबिक्रम राना मगरको नेकापा एमालेको प्यानल र वडा नम्बर  २ मा माओवादी केन्द्रका खड्ग बहादुर श्रेष्ठको प्यानल बिजयी भएको छ । यसैगरी वडा नम्बर ३ मा एमालेका लालवदन थापा मगर विजयि भएका छन् र वडा नम्बर ४ मा माओवादी केन्द्रका टलक थापा मगर विजयि भएका छन् । वडा नम्बर ५ मा माओवादी केन्द्रका गंगा तामाङ, ६ मा माओवादीकै अम्बीका प्रसाद गजुरेल , ७ माओवादीकै रेम बहादुर थापा बिजयी भएका छन् । ।
सुनापती गाउँपालिका वडा नम्बर १ गुन्सीमा माओवादी केन्द्रका उम्दवार चण्डेश्वर चौलागाई विजयि हुनुभएको छ । ५ मा भने नेकपा माओवादी केन्द्रका ठुलोकान्छा तामाङको टिमनै बिजयी भएको छ ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार