News »
रामेछापको २ नगरपालिका र ४ गाउँपालिकाको अन्तिम परिणाम, एमाले पहिलो पार्टी

रामेछाप । जेठ ५ गते,
बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको रामेछापको अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । ६ गाउँपालिका र २ नगरपालिका रहेको जिल्लाको नतिजाले एमालेलाई पहिलो पार्टी बनाएको छ ।
 २ नगरपालिका र ४  गाउँपालिकाको अन्तिम परिणाम आईसक्दा एमाले पहिलो बनेको छ । मतगणना जारी रहेको खाँडादेवी गाउँपालिकामा एमाले अग्रस्थानमा रहेको छ ।
  हालसम्म उमाकुण्ड, गोकुलगंगा, लिखु र दोरम्बा गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ । यसमा दोरम्बा बाहेक सबै गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । उमाकुण्ड बाहेक अन्य गाउँपालिकामा एमालेकै उपप्रमुख पनि बिजयी भएका छन् । उमाकुण्डमा भने नेपाली काँग्रेसकी उम्मेदवार विजयी भएका छन् । माओवादीले दोरम्बा गाउँपालिको प्रमुख र उपप्रमुखमा बिजय प्राप्त गरेको छ । मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

नेपाली काँग्रेसका बिनोद कार्की र माओवादी केन्द्रका तारानारायण श्रेष्ठलाई पछि पार्दै एमालेका रमेश बस्नेत मन्थललीको प्रमुखमा बिजयी भएका हुन् । काँग्रेसका गंगा अधिकारी र माओवादी केन्द्रका रितादेवी घिमिरेलाई पछि पार्दै एमालेका माया कार्की उपप्रमुखमा वीजयी भएका हुन् । बस्नेतले ६ हजार ५२९ र कार्कीले ६ हजार ५०६ मत पाएका छन् । बस्नेतका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिनोद कार्कीले ५हजार ३७९ मत पाएका छन् भने उपप्रमुखमा कांग्रेसकी गंगा अधिकारीले ५हजार ३६२ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ५ हजार ३११ मत पाएका छन् भने उपप्रमुखमा माओवादी उम्मेदवार रितादेवी घिमिरेले ४ हजार ९९४ मत पाएकी छन् ।

मन्थली नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ, मन्थली नगरपालिकाको वडा नम्बर २ को  अध्यक्षमा नेपाली काँग्रेसका तरणीशंकर अधिकारी, वडा नम्बर ३ को अध्यक्षमा काँग्रेस उम्मेद्वार केशव बिजयी भएको छ । मन्थली नगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका विरेन्द्र बज्राचार्य,मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानिमा माओवादी केन्द्रका रामबहादुर कार्कीको बिजयी भएका छन् ।
त्यसैगरी मन्थली ६ मा एमालेका गोपाल माझीको प्यानल, वडा नम्बर ७ नेकपा एमालेका सुदर्शन प्रसाईको प्यानल र वडा नम्बर ८ एमालेकै राज कुमार श्रेष्ठको प्यानल बिजयी भएको छ । यसैगरी मन्थली नगरपालिका वडा नम्ब र ९ मा नेपालि कांग्रेसका वुद्धिबहादुर पुलामी मगर बिजयी भएका छन् । मन्थली नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रका भरत बोहोरा बिजयी भएका छन् । वडा न ११ मा नेकपा माओवादीको भिम बहादुर मगरको पुरै प्यानल बिजयी भएको छ । मन्थली नगरपालिका वडा नम्बर १२ मा नेकपा एमालेका कृष्णहरी अधिकारीको प्यानल बिजयी भएको छ । मन्थली मन्थली १३ मा नेकपा एमालेका राजेन्द्र चौहानको प्यानल बिजयी भएको छ । मन्थली १४ मा भने राप्रपाका भरत वाईवा बिजयी भएका छन् ।
रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनले ४३०० मत पाए । त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४३९३ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३९९४ मत ल्याईन् ।
माओवादीका मेयरका उम्मेदवारले ३२०२ मत ल्याए भने उपमेयरका उम्मेदवारले ३१३८ मत ल्याए ।वडा नम्बर १ मा नेकपा एमालेका अध्यक्ष नरबहादुर थापा सहित एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी रामेछाप नगरपालिका २ वाट माओवादी केन्द्रका नीरकुमार श्रेष्ठ र नम्बर ३ साँघुटारबाट नेकपा एमालेका भुपाल श्रेष्ठको प्यानलै बिजयी भएको छ । रामेछाप नगरपालिका ४ मा नेपाली काँग्रेसका टुकेन्द्र बहादुर मगर र ५ मा माओवादी केन्द्रका भिम बहादुर तामाङ बिजयी भएका छन् । रामेछाप वडा नम्बर ६ ओख्रेनीमा एमालेका धनबहादुर खड्का विजयी भएका छन् ।  रामेछाप ७ मा नेपाली काङ्ग्रेसका समीर कार्की बिजयी भएका छन् । तयस्तै वडा नम्बर ८मा नेपाली काँग्रेसको केदार कार्की बिजयी भएका छन् भने वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर श्रेष्ठ बिजयी भएका छन् ।

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सु्नुवार बिजयी भएका छन् ।  उपाध्यक्षमा एमालेकै राधिका श्रेष्ठ नेवार बिजयी भएकी छिन् । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्ष नेपाली काँग्रेसका उम्मेद्वार मणीकुमार लामा बिजयी भएका छन् । वडा नं २ ठोसेमा एमालेका शेखर श्रेष्ठको प्यानल बिजयी भएको छ । गोकुलगंगा  गाउँपालिकाको वडा नम्बर ३ रस्नालुमा नेकपा एमालेका नरबहादुर कार्कीको टिम विजयी भएको छ ।  गोकुलगंगाकै वडा नम्बर ४ मा नेपाली काँग्रेसका देवराज कार्कीको प्यानलै बिजयी भएको छ । त्यस्तै वडा नम्बर ५ मा बलराम खड्काको एमाले टिम बिजयी भएको छ । वडा नम्ब र ६ मा नेपाली काँग्रेसका चन्द्र सुनुवार बिजयी भएका छन् ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका शेर बहादुर सुनुवार बिजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसका उर्मिला कार्की बस्नेत बिजयी भएकी छिन् । उमाकुण्ड गाउँपालिकाको  वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका नुर्वु शेर्पा बिजयी भएका छन् । उमाकुण्ड गाउँपालिका  वडा नम्बर २ को अध्यक्षमा खम्बध्वज बस्नेत नेकपा माओवादी केन्द्रबाट बिजयी भएका छन् । यसैगरी वडा नम्बर ३ मा नेपाली कांग्रेसका रमेश सुनुवार बिजयी भएका छन् ।  उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा माओवादी केन्द्रका मानबहादुर सुनुवार बिजयी भएका छन् । यसैगरी वडा नम्बर ५ मा एमालेका कुवेर खत्री बिजयी भएका छन् । वडा नम्बर ६ मा एमालेकै कृष्णकुुमार सुनुवार बिजयी भएका छन् । यसैगरी वडा नम्बर ७ मा एमालेका रुद्र नेवार बिजयी भएका छन् ।
लिखु गाउँपालिकाकाको प्रमुखमा एकालेका गोबिन्द बहादुर खड्का र उपप्रमुखमा पनि एमालेकै दिपशीखा दाहाल बिजयी भएका छन् । खड्का ४ हजार ५९५ र दाहाल ४ हजार ६०५ ल्याएर बिजयी भएका हुन् । खड्का र दाहालको निकटतम् प्रतिद्वन्दि नेपाली काँग्रेसका चन्द्र राउतले २ हजार ४७४ र कल्पना खड्का २ हजा ४८० मत ल्याएका थिए । लिखुको वडा नं १ दुरागाउँबाट नेकपा एमालेका मिङमार तामाङ र उनको टिम बिजयी भएको छ । वडा नं २ सैपुमा काँग्रसका पदम तामाङ बिजयी भएका छन् ।  वडा नम्बर ३ र ४ क्रमस एमालेका यम बहादुर महत र लिला बस्नेत बिजयी भएका छन् । लिखु गाउँपालिका वडा नम्बर ५ नागदहमा एमालेका सोम बहादुर तामाङ सहित पुरै प्यानल बिजयी भएको छ   । लिखु गाउँपालिका वडा नम्बर ६ खिम्तीमा नेकपा एमालेका शिव न्यौपानेको पुरै प्यानल बिजयी  भएको छ । वडा नम्बर ७ मा एमालेका सुवास बोहोरा सहति प्यानलनै बिजयी भएको छ ।
खाँडादेवि गाउँपालिकाको वडा नम्बर १ राकाथुममा मा ४ सदस्य सहित माओवादी केन्द्र बिजयी भएको छ । माओवादी केन्द्रका कृष्ण कुमार श्रेष्ठ बिजयी भएमा हुन् ।  वडा नम्बर २ मझुवामा नेपाली काँग्रेसका ईन्द्र कुमार लामाको टिम बिजयी भएको छ । वडा नम्बर ३ मा एमालेका पुष्कर कार्की बिजयी भएका छन् ।  । खाँडादेवी ४ मा एमालेका धन बहादुर लामा बिजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका तुलसीदाश श्रेष्ठको प्यानलनै बिजयी भएको छ । यसैगरी वडा नम्बर ६ मा पनि एमालेकै प्यानल बिजयी भएको छ । वडा नं ७ मा नेकपा माओवादी केन्द्रको असल तामाङको प्यानलै बिजयी भएको छ । अबको केही समयपछि वडा नम्बर ८ को एमालेको ईन्द्र तामाङ बिजयी भएको छ । यो समाचार तयार पार्दा सम्म प्रमुखमा र उपप्रमुखमा एमालेका उम्मेदवार अगाडी छन् ।
दोरम्बा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका कमानसिंह मोक्तन र उपप्रमुखमा क्रिसला घिसिङ बिजयी भएका छन् । वडा नम्बर १ डडुवामा ढालबिक्रम राना मगरको नेकापा एमालेको प्यानल र वडा नम्बर २ मा माओवादी केन्द्रका खड्ग बहादुर श्रेष्ठको प्यानल बिजयी भएको छ । यसैगरी वडा नम्बर ३ मा एमालेका लालवदन थापा मगर बिजयी भएका छन् । वडा नम्बर ४ मा माओवादी केन्द्रका टलक थापा मगर बिजयी भएका छन् । वडा नम्बर ५ मा माओवादी केन्द्रका गंगा तामाङ, ६ मा माओवादीकै अम्बीका प्रसाद गजुरेल , ७ माओवादीकै रेम बहादुर थापा बिजयी भएका छन् ।
सुनापती गाउँपालिका ५ मा नेकपा माओवादी केन्द्रका ठुलोकान्छा तामाङको टिमनै बिजयी भएको छ । वडा नम्बर १ गुन्सीमा माओवादी केन्द्रका चण्डेश्वर चौलागाई विजयी भएका छन् । वडा नं ३ मा माओवादी केन्द्रकै बाबुराम तामाङ बिजयी भएका छन् । अन्य वडाको मतगणना जारी छ । सो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अगाडी छन् । 
 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार