News »
रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाको अन्तिम परिणाम सार्वजनिक

रामेछाप । जेठ ५ गते,
बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको रामेछापको अन्तिम परिणाम सार्वजनिक भएको छ  । ६ गाउँपालिका र २ नगरपालिका रहेको जिल्लाको नतिजाले एमालेलाई पहिलो पार्टी बनाएको छ ।
२ नगरपालिका र ६  गाउँपालिकाको अन्तिम परिणाम आइसक्दा एमाले पहिलो बनेको छ ।  दोरम्बा र सुनापति गाउँपालिका बाहेक सबै ४ गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेले जितेको उमाकुण्ड गाउँपालिकाको उपप्रमुखमा भने नेपाली काँग्रेसका उम्दवार   विजयी भएका छन् । माओवादीले दोरम्बा र सुनापति गाउँपालिको प्रमुख र उपप्रमुखमा बिजय प्राप्त गरेको छ ।
मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार बिजयी भएका छन् । यसै गरी रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा भने काँग्रेसका उम्दवार बिजयी भएका छन् ।

नेपाली काँग्रेसका बिनोद कार्की र माओवादी केन्द्रका तारानारायण श्रेष्ठलाई पछि पार्दै एमालेका रमेश बस्नेत मन्थललीको प्रमुखमा बिजयी भएका हुन् । काँग्रेसका गंगा अधिकारी र माओवादी केन्द्रका रितादेवी घिमिरेलाई पछि पार्दै एमालेका माया कार्की उपप्रमुखमा बिजयी भएका हुन् । रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेसका नरबहादुर थापामगर ४ हजार ४०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनले ४ हजार ३०० मत पाए । त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४ हजार ३९३ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३ हजार ९९४ मत ल्याइन् । माओवादीका मेयरका उम्मेदवारले ३ हजार २०२ मत ल्याए भने उपमेयरका उम्मेदवारले ३ हजार १३८ मत ल्याइन् । 
गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सु्नुवार बिजयी भएका छन् ।  उपाध्यक्षमा एमालेकै राधिका श्रेष्ठ नेवार बिजयी भएकी छिन् । यसैगरी उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका शेर बहादुर सुनुवार बिजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसका उर्मिला कार्की बस्नेत बिजयी भएकी छिन् । लिखु गाउँपालिकाकाको प्रमुखमा एमालेका गोबिन्द बहादुर खड्का र उपप्रमुखमा पनि एमालेकै दिपशीखा दाहाल बिजयी भएका छन् । यसैगरी दोरम्बा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका कमानसिंह मोक्तन र उपप्रमुखमा क्रिसला घिसिङ बिजयी भएका छन् ।

खाँडादेवी गाउँपालिकामा नेकपा एमालेका प्रेमबहादुर तामाङ विजयी भएका छन् । उनको ४ हजार ९ सय १४ मत आयो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वेदराज लामाले ३ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । खाँडादेवी गाउँपालिकाको उपप्रमुखमा एमालेकै मखमली श्रेष्ठले ४ हजार ९१४ मत प्राप्त गरेर बिजयी भएककी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी मीनाकुमारी श्रेष्ठले ३ हजार २०९ मत ल्याइन् ।  खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३,४ ५, ६ , ८ र ९ पुरै प्यानल सहित नेकपा ( एमाले) का उमेदवारहरु विजयी भएका छन् ।
रामेछापको सुनपाती गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका धावा लामा ४ हजार ७३६ मतले बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रबहादुर मोक्तानले ३ हजार ९६६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकै गीता विष्टले ४ हजार ७२२ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी विनिता खड्काले ३ हजार ७३३ मत प्राप्त गरेकी छिन् ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार