News »
जिल्ला वन कार्यालय दोलखा चार महिनादेखि प्रमुखबिहिन

दोलखा । असार १ गते,
चार महिनादेखि कार्यालय प्रमुखबिहिन हँुदा जिल्ला वन कार्यालय दोलखाको कामकाज प्रभावित बनेको छ । जिल्ला वन कार्यालय दोलखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारी सहसचिवमा बढुवा हुनुभए पछि कार्यालय प्रमुखबिहिन भएको हो ।भण्डारीको बढुवापछि फागुन महिनादेखि कार्यालय प्रमुख पदमा कसैको पद पूर्ति नहुँदा कार्यालयको काम कारबाही प्रभावित बनेको छ । अर्का्तिर बिकासे बजेट फ्रिज जाने सम्भावान बढेको छ । कार्यालय प्रमुख नहुँदा प्रमुखले गर्ने वन सम्बन्धी मुद्दा, आर्थिक कारोबार सञ्चालनलगायत विभिन्न जटिल कामकाजमा प्रत्यक्ष असर पुगेको दोलखाका सहायक वन अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । कार्यालय प्रमुख बिना नियमित कामकाज सञ्चालन गर्नुपर्दा कार्यभार बढ्नुका साथै केही विकासे काम अलपत्र परेको छ । आर्थिक कारोबारको सम्पूर्ण अधिकार कार्यालय प्रमुखलाई हुने हुँदा सेवाग्राहीलाई विभिन्न विषयमा दिनु पर्ने भुक्तानी रोकिएको छ । केही महिनादेखि कर्मचारीले तलव भत्ता समेत लिन पाएका छैनन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार