News »
मन्थलीमा जलवायु परिवर्तन ज्ञान वयवस्थापन सम्बन्धि परामर्श तथा अन्र्तक्रिया कार्यक्रम

रामेछाप । असार २ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जलवायु परिवर्तन ज्ञान व्यवस्थापन परामर्श तथा अन्र्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको संयोजनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको नेपाल जलवायू परिवर्तन व्यवस्थापन केन्द्र खुमलटार ललितपुरले आयोजना गरेको कार्यक्रममा रामेछापका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति रामेछापको सभाहलमा भएको अन्र्तक्रिया कार्यक्रममा सरोकारवलाबिच जलवायू परिवर्तनका बारेमा रहेका अनुभव ,जलवायू अनुकुलनका लागि अपनाईएका उपायहरु र स्थानीय स्तरमा जलवायू परिवर्तन ज्ञान व्यवस्थापनका लागि गर्नुपर्ने प्रयासका बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले पानी नभएका कारण गाउँगाउँका बस्तीहरु बिस्थापित हुदै गएको बताए । उनले नदी नालाहरुलाई ड्याम्प बाधेर पोखरी बनाउन नसके पानी नभएकै कारण ठुला ठुला समस्या आउने बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जलवायू परिवर्तनका कारण रामेछापका नागरिकहरुको जनजीवन कष्कर बन्दै गएको बताए । जिल्लाका अधिकांस ठाउँ सुख्खाग्रस्थ रहेका कारण त्यहाका नागरिकहरुले पानी खान नपाएको बताए । विभिन्न ठाउँमा देखिएको पानीको समस्यालाई कम गर्दै लानका लागि जिल्लाको प्रत्यक वडाहरुमा पोखरी बनाउनुपर्ने उनले बताए । जिल्लाका विभिन्न ठाउँमा माटो सुहाउदो बिरुवा लगाएर हरियाली बनाउनुपर्ने उनको भनाई छ ।
स्थानीय विकास अधिकारी दिनेशरााज पन्तले जिल्लाका सबै विकासका योजनाहरु बनाउँदा जलवायू अनुकुलतालाई पनि ध्यानदिनुपर्ने बताए । नेपालको जलवायूसंग जोडिएका निति नियमलाई पनि परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका प्रमुख टंकप्रसाद दाहाल, जिल्ला शिक्षा कार्यालय रामेछापका हेमन्त बुढाथोकी र सवल परियोजना रामेछापका संयोज थिर बहादुर थापा मगरले जलवायू परिवर्तन सम्बन्धि ज्ञान व्यवस्थापन कार्यक्रममा गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर थापाको अध्यक्षता , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा.विमला देवकोटाले जलवायू परिवर्तनका सवालमा प्रतिष्ठानले गरेको अध्ययन र कामका बारेमा सहभागिहरुलाई जानकारी गराएकी थिईन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार