News »
रामेछाप नगरपालिकामा भूकम्प प्रतिरोधात्मक आवास निर्माण ७ दिने तालिम

रामेछाप । असार ३ गते,
रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ लामागाउँमा भूकम्प प्रतिरोधात्मक आवास निर्माण सम्बन्धि ७ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । तालिमको दक्ष जनशक्ति उत्पाादन गरी जिल्लाको पुननिर्माणमा सहयोग गर्ने उद्देश्यले गरिवी निवारण कोषको आर्थिक सहयोगमा साममुदायिक विकास समाज मन्थलीले आयोजना गरेको हो । भूकम्प गएको २ बर्ष बितिसक्दा पनि रामेछापमा दक्ष जनशक्तिको अभावमा पुननिर्माणको कामले सोचेजस्तो गति लिन नसकेकाले यसलाई मध्यनजर गर्दै जनशक्ति उत्पादन गर्ने र विभिन्न ठाउँमा पुननिर्माणमा सहयोग गर्ने तालिमको प्रमुख उद्देश्य रहेको साममुदायिक विकास समाज मन्थलीका साहारा परियोजनाका कार्यक्रम संयोजक सुब्बा रोक्काले जानकारी दिए । जेठ २७ गतेदेखी संचालन भएको तालिममा रामेछाप नगरपालिका वडा नम्बर ७,८,९ र मन्थली नगरपालिका वडा नम्बर ६ का गरि २५ जना डकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि खिला बहादुर श्रेष्ठ र सर्मे कसाईले तालिमले आफुहरुलाई भूकम्प प्रतिरोधात्मक आवास बनााउनका लागि धेरै ज्ञान दिएको बताए । ज्ञानको अभावमा समुदायले बनाएका घरहरु सरकारी मापडण्ड अनुसार नहुदा पास नहुने समस्या भैरहेको यो समयमा तालिम लिएपछि अव त्यस्तो समस्या नदोहोरिने उनीहरुको भनाई छ । उनिहरुले तालिमबाट आफुहरुले सिकेका सिप आफुमा मात्रै सिमित नराखी समुदायमा गएर अरुलाई पनि सिकाउने बताएका छन् ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार