News »
मन्थलीमा भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि तालिम सम्पन्न

रामेछाप । असार ३ गते,
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ गाईखुरामा ७ दिने भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि तालिम शनिबार सम्पन्न भएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोगमा सृजनशिल युवा समाज चिसापनीले संचालन गरेको तालिमको सृजनशिल युवा समाजका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
साविका पुरानागाउँ, गेलु , चिसापानी लगाएतका गाविसका २५ जना डकर्मी तथा सिकर्मीहरुले तालिममा भाग लिएका थिए । तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख बस्नेतले तालिमबाट सिकेका सिपलाई समुदायमा गएर प्रयोग गर्न सहभागिहरुलाई आग्रह गरे । उनले यस्ता तालिममा सिकेका सिप निकै महत्वपुर्ण हुने भन्दै त्यसलाई समुदायको अन्य मानिसलाई पनि सिकाउन आग्रह गरे । कार्यक्रमका अध्यक्ष एवं सृजनशिल युवा समाजका अध्यक्ष भुवन कुमार श्रेष्ठले तालिमबाट सिकेको सिपलाई समुदायमा गएर प्रयोग गरी गरिबी निवारण कोष प्रति समुदायको सोचलाई  सकरात्मक बनाउन सहभागिहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै गरिबी निवारण कोष रामेछापकी कार्य प्रबन्धक रमला भण्डारीले तालिमबाट सिकेका कुराहरुलाई समाजले , सरकारको अपेक्षा गरे अनुरुप काम गरेर देखाउन आग्रह गरिन् । प्रशिक्षक रामु फडेराले सहभागिहरुले ७ दिनको तालिमा सिकेका सिपलाई सहिठाउँमा सहि रुपमा प्रयोग गर्ने विश्वास व्यक्त गरे । तालिमका सहभागि राज कुमार श्रेष्ठले घर बनााउनका लागि परम्परागत ज्ञान बाहेक आफुहरुसंग अन्य ज्ञान नरहेकोमा तालिमले धेरै राहात मिलेको बताए । तालिमबाट सिकेको सिपलाई समाजमा गएर तन मन बचन र धन लगाएर पुननिर्माणमा सहयोग गर्ने उनको भनाई छ । कार्यक्रममा सहभागिहरुलाई प्रमुख अतिथी रमेश कुमार बस्नेत , सृजनशिल युवा समाजका अध्यक्ष भुवन कुमार श्रेष्ठ र गरिबी निवारण कोषकी कार्य प्रबन्धक रमला भण्डारीले प्रमाण पत्र बितरण गरेका थिए ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार