News »
गोकुलगंगा गाउँपालिकाको विकासले फड्को मार्छ : प्रमुख सुनुवार

रामेछाप । असार ४ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका प्रमुख खड्क बहादुर सुनुवाारले ५ बर्षमा गाउँपालिकाको विकासले फड्को मार्ने बताएका छन् । गाउँपालिकाको सवै वडाहरुमा आधारभूत विकासले सम्पन्न गराउने उनको भनाई छ । आईतबार रस्नालुमा पिपुल्स हाईड्रो पावरले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गोकुलगंगामा पिपुल्स हाईड्रो पावर बन्दै गरेकोमा खुशी व्यक्त गदै गाउँपालिकाको सवै वडाहरुमा विद्युत , शिक्षा ,स्वास्थ्य, यातायात सहित रोजगारीको पहँुच पुर्याउने बताए । कार्यक्रममा बोल्दै पिपुल्स हाईड्रो पावरका उपाध्यक्ष यद बहादुर पौडेलले ५ बर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गर्ने बताए । उनले हाईड्रो पावर बनेपछि रामेछाप र दोलखाका स्थानीयहरुले रोजगार पाउने बताए । हाईड्रो पावरका सदस्य अर्जुन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख सुनुवार सहित सबै वडा अध्यक्ष र सदस्यहरु गरी २३ जना जनप्रतिनिधिहरुलाई हाईड्रो पावरका उपाध्यक्ष यद बहादुर पौडेलले सम्मान गरेका थिए । कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका कार्यकारी अधिकृत प्रदिप खड्का ,पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगाएतले बोलेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार