News »
खाडादेवी गाउँपालिकामा पशुसेवा कार्यालको सेवा प्रवाहाका बारेमा सार्वजनिक सुनुवाई

रामेछाप । असार २९ गते,
रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा जिल्ला पशुसेवा कार्यालय रामेछाप आर्थिक बर्ष २०७३÷७४ मा प्रवाहा गरेको सेवा तथा सार्वजनिक कार्यक्रमको प्रभावकारिता बिषक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा अध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षता र रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न सार्वजनिक सुनुवाईमा जिल्ला पशुसेवा कार्यालयमा प्रमुख डा. नारायण प्रसाद शर्मा र पशु सेवा केन्द्र खाडादेवीका कुमार पाठक जवाफदेही वक्ता थिए । कार्यक्रमका प्रमुख अतिथि एवं रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले कृषिलाई व्यावसायिकतातिर लैजान आग्रह गरे ।
उनले धेरै किसनाहरुले पशु पालन र खेतीपातीलाई जीविकोपार्जका लागि मात्रै गर्ने प्रचलन रहेकाले त्यसलाई हटाएर अब व्यवसायी बन्नुपर्ने बताए । अन्य व्यवसाय भन्दा पनि कृषि र पशुपालन व्यवसाय दिगो र आफ्नौ ठाउँमा हुने भएकाले यसा जोड दिन सवैलाई आग्रह गरे । खाडादेवी गाउँपालिका प्रमुख प्रेम बहादुर तामाङले पानीको अभाव हुदा कृषि क्षेत्रमा केहि हुन नसकेको  बताए । उनले खाडादेवीलाई कृषि व्यवसायमा अगाडि बढाई समृद्ध र सक्षम गाउँपालिका बनाउनका लागि आफु लगाएत सिङगो टिप लागिपरेको बताए । सबै भन्दा ठुलो पानीको समस्या भएकाले यसका लागि सरोकारवाला निकायसंग समन्वय गरी समस्या निराकरणका लागि योजना बनाएको बताए । कार्यक्रममा सहभागी नागरिकहरुले जिल्ला पशुसेवा मार्फत संचालित पशुसेवा कार्यालय सेवा दिन नसकेको गुणासो गरेका थिए । उनीहरुले पशुसेवा केन्द्र भएपनि  आफुले पालेका गाई बस्तुलाई केहि भएको बेला कार्यालयमा कर्मचारी नहुन ठुलो समस्या रहेको बताए  । सेवा केन्द्र नामका लागि मात्रै नभई प्रभावकारी सेवा र कामका लागि हुनुपर्ने उनीहरुको माग छ । कार्यक्रमको सहजिकरण मानवअधिकार तथा सामाजिक संयोजन केन्द्र हुसोकका  सचिव उमङग मैनालीले गरेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार