News »
रामेछापमा असार अन्तिम सम्म जम्मा २३ प्रतिशतमात्रै रोपाई भएको कृषि विकास कार्यालयको भनाई

रामेछाप । असार २९ गते,
मानो खाएर मुरी उब्जाउने महिना असारको अन्तिम सम्म रामेछापमा जम्मा २३ प्रतिशतमात्रै धान रोपाई भएको छ । अधिकांस ठाउँ सुख्खा ग्रस्त भएकाले त्याहा किसानहरु रोपाई गर्न आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । यो बर्षको हिउँदमा धेरै पानी परेको भएपनि किसानहरुले खेती लगाउने धान राप्ने असार महिनामा पानी नपरेपछि किसानहरुमा निरासता छाएको छ । किसानहरु अझै पानी पर्ने र रोपाई गर्ने आशमा छन् । पानी नभएका कारण रामेछापका धेरै धानहुने फाटहरुमा समेत पुर्ण रुपमा रोपाई हुन सकेको छैन ।
 जिल्लाका विभिन्न ठाउँमा गरी ९ हजारर ४ सय ८ हेक्टर क्षेत्रफलमा रोपाई हुनुपर्नेमा असार २८ गते सम्म २१ सय ६३ हेक्टर खेतमा मात्रै रोपाई भएको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ । रामेछापमा धान रोपाई हुने सबै ठाउँमा रोपाई भए ३० हजार १ सय ३ मेट्रिकटन धान उत्पादन हुनेमा अहिले सम्म रोपाई भएको २३ प्रतिशत परिणामलाई  हेर्दा ६ हजार ९ सय २३ मेट्रिकटन धान उत्पादन हुने कृषि विकास कार्यालयको अनुमान छ ।
 जिल्लाको धान हुने खिम्ती फाटमा रोपाई गर्न पानीको खासै समस्या नभएपनि मन्थली फाट , कुडाहार , भटौली फाट लगाएतको स्थानमा भने पानीको समस्या रहेको जिल्ला कृषि विकास कार्यालय रामेछापका वरिष्ट कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्लले बताए । धान रोपाईका लागि बेसी फाटहरुमानै पानीको अभाव भैरहेकाले माथि माथिका पाखे खेतहरुमा भने किसानहरुले रोपाई गर्न नपाएको उनको भनाई छ । उनले पाखे खेतहरुमा पानी कम लाग्ने धानहरु लगाउनका लागि किसानहरुलाई सल्लाहा दिएको र त्यस्ता धानका विउँहरुको जिल्ला कृषि विकास कार्यालयले पनि परिक्षण गरिरहेको बताए । रामेछाप जिल्लाका साविकका ५५ गाविस मध्य ३५ भन्दा बढि गाविसहरु सुख्खाग्रस्थ छन् । ति मध्य अधिकांस ठाउँका नागरिकहरु खानेपानीको समेत  मारमा छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार