News »
रामेछापको मन्थली नगरपालिकाको आर्थिक बर्ष २०७४÷७५ का लागि ५८ करोड ३५ लाख बजेट

रामेछाप । असार ३० गते,
रामेछाप जिल्ला मन्थली नगरपालिकाको पहिलो नगरसभाको उद्घाटन सत्र शुक्रबार सदरमुका मन्थलीमा सम्पन्न भएको छ । नगरप्रमुख रमेश कुमार बस्नेतको अध्यक्षता र सांसद कमला कुमारी सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर प्रमुख बस्नेतले आर्थिक बर्ष २०७४÷७५ का लागि ५८ करोड ३५ लाख २९ हजारको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । प्रमुख बस्नेतले प्रस्तुत गरेको नगरपालिकाको कार्यक्रम तथा बजेटमा नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदान २१ करोड ६५ लाख २० हजार ,निशर्त अनुदान २७ करोड ९० लाख ९ हजार , सामाजिक सुरक्षा ६ करोड ८० लाख र नगरपालिकाको अन्तरिक स्रोतबाट २ करोड आम्दामी हुने उल्लेख गरिएको छ । नगरको आगामी कार्यक्रम अन्र्तगत कृषिलाई पहिलो प्राथमिकता दिईएको छ ।
नगर क्षेत्रको कृषि व्यवसायलाई व्यवासायीकीकरण र आधुनीकीकरण गर्ने , नगरपालिका क्षेत्र भित्र रहेका खेती योग्य जमिनमा घर र कुनैपनि संरचना निर्माण गर्न निरुत्साहित गरी खेती योग्य जमिनमा व्यावसायीक खेती गर्न प्रोत्साहित गरिने उल्लेख गरिएको छ । त्यसैगरि नगरपालिकाको वडा नम्बर ४,५,६,१३ र १४ लाई अनार तथा अमिलो जातका फलफूल खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने उल्लेख छ । प्रस्तुत कार्यक्रममा नगरले लिएको निति कार्यान्वयनमा गैरसरकारी संस्थाहरलाई साझेदारका रुपमा उपोग गरी नगरको आवश्यकता अनुसार नगरले स्वीकृति दिएका क्षेत्रमा मात्रै गैरसरकारी संस्थाहरुलाई परिचालन गरिने पनि उल्लेख गरिएको छ । कार्यक्रममा सामाजिक विकास तर्फ नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरी निजि विद्यालयको दाजोमा लाने , नगर क्षेत्र भित्रका कुपोषित वालवालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिने र आगामि २ बर्षभित्र नगरलाई वालमैत्री नगर घोषणा गर्ने उल्लेख गरिएको छ ।
पुर्वधार विकास तर्फ धेरै कुराहरु कार्यक्रममा उल्लखे गरिएको भएपनि नगरको विद्युत विस्तार हुन बाकी वडाहरुमा नगरपालिका र नेपा विद्युत प्राधिकरणको साझेदारी र समन्वयमा विद्युत विस्तार कार्यक्रममलाई निरन्तरता दिने कुरालाई पहिलो नम्बरमा राखिएको छ । प्रस्तुत कार्यक्रममा वातावरण एवं विपद व्यवस्थापनमा मन्थली नगरपालिकालाई सुख्खा ग्रस्त नगर घोषणा गरी यस क्षेत्रमा बर्षा नहुनुको कारण अध्ययन गरी जलवायु परिवर्तनको असर न्युनिकरण एवं आधुनिकीकरणका विशेष कार्यक्रम संचालन गर्न संघिय सरकार समक्ष अनुरोध गर्ने उल्लेख गरिको छ । कार्यक्रममा सांसद कमला सुवेदी , प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री , नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , एमाले अध्यक्ष शान्ति प्रसाद पौडेल, राप्रपा अध्यक्ष भरत वाईवा, नेकपा मालेका सचिव ओमबाबु पुरी , संघिय समाजवादी फोरम नेपालका अध्यक्ष शोनाम ग्यापक, नागरिक समाजका अगुवा राचन्द्र बियोगी , मन्थली क्याम्पसका प्रमुख टंक प्रसाद दाहाल , जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्की , रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहाल , नेपाल रेडक्रस सोशाइटी रामेछापका महामन्त्री जय प्रकाश श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार