News »
मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय रामेछापको आग्रह

रामेछाप । असार ३० गते,
जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गदै मतदाता नामावलीमा नाम समाबेश गर्न नाम दर्ता कार्यक्रम संचालन गर्ने भएको छ । निर्वाचन कार्यलयले शुक्रबार मन्थलीमा राजनैतिक दल र पत्रकारहरुसंग छलफल गरि निर्वाचन आयोगको निर्देशन अनुसार साउन १ गतेदेखी १५ गते सम्म यस्तो कार्यक्रम संचलन गर्न लागेको जानकारी दिएको हो । निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिल प्रसाद उपाध्यायले आयोगको मतदाता नामावलीमा नाम समाबेश नभएका व्यक्तिलाई आफ्नो नागरिकताको प्रमाणपत्र लिएर आफु स्वयम निर्वाचन कार्यालयमा उपस्थित भै नाम दर्ता गराउन आग्रह गरे ।
 स्थायी बसोबास भएको जिल्लाको निर्वाचन कार्यालयमा मात्रै नाम दर्ता गराउन पाउने भएकाले रामेछाप बाहेक अन्य जिल्लामा वसोबास गरिरहेको मतदाताहरुलाई पनि आफ्नै जिल्लामा आएर नाम दर्ता गराउन अनुरोध गरे ।
 निर्वाचन आयोगको मतदाता नामावलीमा कुनै टुत्री भए सच्याउन, वा नमावलीवाट नाम हटाउन पर्ने भए पनि मतदाताले साउन १ गतेदेखी १५ गते सम्मको समयमा निर्वाचन कार्यालयमा  निवेदन दिन सक्ने उनको भनाई छ । उनले साउन १६ गतेदेखी २० गते सम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने बताएका छन् । छोटो समयमा निकैनै महत्वपुर्ण काम सम्पन्न गर्नुपर्ने भएकाले यसमा सहयोग गरिदिन सरोकारवाला सबैलाई उनले आग्रह गरे ।
यता रामेछापका राजनैतिक दलहरुले भने वडा वडामा मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेका छन् । साउनको बेलामा सबै मतदाताहरु व्यस्त हुने भएकाले निर्वाचन आयोगको निर्णय सच्याउन माग गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले मतदाताहरुको नाम दर्ता गर्ने र दावि विरोध गर्ने समय छोटो भएको बताए । उनले साउन महिना मतदाताहरु अत्यन्तै व्यस्त हुने महिना भएकाले वडा वडामा मतदाताको नाम दर्ता गर्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष भरत वाईवाले पनि मतदाताको नाम दर्ता गर्ने कार्यक्रममा गाउँगाउँमा लानुपर्ने बताए । गाउँगाउँमा धेरै मतदाताको निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको मतदाता नामावलीमा नाम छुटेकाले ति सबैलाई समेट्न कम्तीमा वडा नहमा यो कार्यक्रम लैजानुपर्ने उनको माग छ । 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार