News »
पशु सेवा कार्यालय रामेछापद्धरा पशुपालनको क्षेत्रमा व्यवसाय तर्फ उन्मुख कृषकहरुलाई अनुदान वितरण


असार ३१ , रामेछाप ।

जिल्ला पशु सेवा कार्यालय रामेछापले आर्थिक बर्ष २०७३ ÷७४ को बार्षिक स्विकृत कार्यक्रम अनुसार पशुपालनको क्षेत्रमा व्यवसाय तर्फ उन्मुख कृषकहरुलाई शनिवार अनुदान वितरण गरेको छ । दुधमा आत्मनिर्भरहुने लक्ष्य अनुरुप मध्यपहाडि लोकमार्ग केन्द्रित दुग्द उत्पादन प्रबद्धन तथा बजारिकरण कार्यक्रम अन्तर्गत ४ वटा सहकारी संस्थालाई दुध उत्पादन प्रबद्धन गरे बापत र २ वटा निजि डेरी उद्योगलाई उक्त दुध बजारीकरण गरे वापत र १ निजि फर्मलाई घाँस संरक्षण गरे बापत ३९ लाख १३ हजार ४ सय उपलब्ध गराइएको पशु सेवा कार्यालयका प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनुभयो । त्यसैगरी मासुमा आत्मनिर्भर हुने लक्ष्य अनुरुप व्यावसायिक बाख्रा प्रबद्धन अभियान कार्यक्रम तर्फ एक सहकारी ,१३ पशुपालन समुह ,तथा ६ वटा व्यवसायिक बाख्रा फर्मलाई ५० हजारका दरले जम्मा १० लाख अनुदान पनि वितरण गरिएको छ ।

पशु आहार विकास कार्यक्रम अन्तर्गत आफ्नै पहलमा १० रोपनि क्षेत्रफलमा बहुबर्षिय घाँसखेति गरी घाँसमा आधारित पशुपालन र घाँसको विउ उत्पादनमा आत्मनिर्भरता तर्फ उन्मुख गर्ने ७ जना घाँस खेति गर्ने कृषक लाई २० हजारका दरले जम्मा १ लाख ४० हजार अनुदान वितरण गरेको छ । त्यस्तै लेर्यस कुखुरा पालन गरी अण्डा उत्पादन गर्ने ३ वटा व्यवसायिक कुखुरा पालक कृषकलाई १ लाख ५० हजारका दरले अनुदान वितरण गरिएको छ । निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउँनु कार्यक्रमको उदेश्य रहेको संस्थाले जनाएको छ । यसैबीच कार्यालयले बार्षिक स्विकृत कार्यक्रम अनुसार कृषक तथा कर्मचारीलाई पनि सम्मान गरेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार