News »
खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न



रामेछाप , असार ३१ ।
खाँडादेवी गाउँपालिकाद्धारा चालु आ.व २०७३÷०७४ मा संचालित कार्यक्रमहरु तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाइ शनिवार माकादुममा सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिकाको आयोजना तथा सान नेपाल रामेछापको समन्वय एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षहरु पुष्कर कार्की, धनबहादुर मानन्धर र चिनीमाया तामाङले आगामि आ.व २०७४÷०७५ को योजना छनौटमा खेलेको भूमिका तथा र आफूहरुले जनताले देखिने गरी गरेको फरक अनुभूतीको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी खाँडादेवी गाउँपालिकाका कार्यकारी अधिकृत दुर्गा दाहालले खाँडादेवी गाउँपालिका भएका देखिने परिवर्तनहरु, भोग्नु परेका मुख्य समस्याहरु तथा आगामि मुख्य कार्य योजनाहरुको विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आगामि आ.व २०७४÷०७५ को योजना छनौटमा खेलेको भूमिका, गत आ.व. २०७३÷०७४ मा ब्यवस्थापन बापत गाउँ पालिकालाई प्राप्त एक करोडको कार्यान्वयनको अवस्थाको तथा घोषणा पत्र अनुसार र जनतामा गरेको बाचा अनुसार भएका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । सार्वजनिक सुनुवाईमा नागरिकहरुले वडा कार्यालयहरु छिटो ब्यवस्थापन गर्नुपर्ने, शिक्षा क्षेत्रमा सकरात्मक सुधार ल्याउनु पर्ने, कर्मचारी ब्यवस्थापन, विद्युतीरणमा, महिला, दलित, जनजाति, अपांगको क्षेत्रमा पनि कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्ने विषयहरु उठाएका थिए । सान नेपाल रामेछापका अध्यक्ष उमङ्ग मैनालीले सहजीकरण गर्नु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले स्वागत गर्नु भएको थियो भने खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आगामि आ.व २०७४÷०७५ को लागि २०७४ असार ३० को प्रथम गाउँ सभाबाट स्वीकृत कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार