News »
रामेछापमा बाढीले पुल र घर बगायो, २ को मृत्यु, ३ बेपत्ता



१ साउन, रामेछाप।
भीषण वर्षापछि आएको बाढीले रामेछापमा सवारी तर्ने पुल र दुई घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिन्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना हराइरहेका छन् ।

बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीको शव तामाकोसीको हलेदीमा फेला परेको छ । खत्रीको हराइरहेकी पत्नी भने भेटिएकी छैनन् ।

खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।

मध्यराति आएको बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल बगाएको छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

उता, खानीखोलामा आएको बाढीले पुष्पलाल मार्गको डाइभर्सनमा क्षति पुगेको छ । खहरेको कटानका कारण खिम्ती बजारसमेत जोखिममा परेको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार