News »
रामेछापको खिम्तिमा भीषण वर्षा पछिको बाढीले बगाउँदा २ को मृत्यु ३ वेपत्ता, २ को अवस्था गम्भिर



रामेछाप । साउन १ गते

रामेछाप जिल्लाको लिखु गाविस–६ खिम्तीमा  शनिबार राति भएको भिषण वर्षा पछिको बाढीका कारण २ जनाको मृत्यु भएको छ । घटना परि ३ जना हराई रहेका छन् ।
साविक खिम्ती गा.वि.स.र फर्पु गाविसको सीमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा २ जनाको मृत्यु हुनुका साथै ३ जना वेपत्ता भएका छन् । घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
मृत्यु हुने मध्ये लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा फेला परेको छ । वेपत्ता हुनेहरुमा अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्री रहेका छन् । उनीहरुको खोजि कार्य जारी छ ।
घाइते हुनेहरुमा लक्ष्मी खत्री, कुमार खत्री, भगवती खत्री, सुन्तली खत्री, राधा खत्री, प्रमिशा खत्री, रुद्र गुरुङ्ग र विशाल बुढा रहेका छन् । गुरुङ र बुढा फर्पु–खिम्ती सडकमा काम गर्ने मजदुरहरु हुन ।
 छतिवने खोलामा आएको बाढीले खोलामाथिको मोटरेवल पुल तथा पुल नजिकै रहेको २ वटा घर समेत बगाएको छ । छतिवने खोलामा आएको बाढीले खिम्ती खोलालाई थुनेपछि जम्मा भएको पानीको बहाव एक्कासी खुल्दा सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । खिम्ती खोला र छतिवने खोला किनारमा रहेको सयौं रोपनी खेत समेत खोलाले बगाएको छ ।

यता खिम्तीकै खानी खोलामा आएको बाढीले खानीखोलामा रहेको मोटर तर्ने पक्की डाइभर्सन बगाउँदा पुष्पलाल मार्गको सम्पूर्ण यातायात सेवा अवरुद्ध भएको छ ।  खानी खोलामा अस्थाई डाइभर्सन बनाउने काम सुरु गरिएको छ ।
घटनास्थल रामेछाप प्रहरी प्रम्ुख डिएसपि कुमोध ढुंगेलको टोली, मिन बहादुर थापाको नेतृत्वमा नेपाली सेनाको टोली, रेडक्रसको टोली, स्थानीय वासिन्दाका साथै स्वास्थ्य कर्मी सहितको टोलीले उद्दार गरिरहेका छन् ।

खिम्ती र छतिवन खोलमा बाढी आए पछि भाग्ने क्रममा घाइते भएकाहरुलाई उपचारको लागि आइतबार बिहान काठमाडौँ लगिएको छ । उनीहरुलाई हेलिकप्टबारट उपचारको लागि काठमाडौँ लगिएको हो । बिहानदेखिनै घाइते उपचारको लागि काठमाडौँ लैजाने प्रयाश गरिएको थियो । तर हेलिकप्टेर आउन ढिलाई भएको थियो । ढिलो गरी आएको सरकारी हेकिप्टर दोलखाको किर्नेटारमा बसेको थियो । हेलिकप्टर घटना स्थलमा आउन नसके पछि प्रावेट हेकिप्टरले बिरामीहरुलाई खिम्तबाट किर्नेटारसम्म पुर्याएको थियो ।


 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)
7.30PM - 8.00PM
केहि क्षणमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार