News »
रामेछाप खिम्तीमा बेपत्ता भएका ३ जनाको अझै पत्तो लागेन, बाढी पीडित ४ घर परिवारलाई राहात वितरण

रामेछाप । साउन २  गते,
रामेछपको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परि वेपत्ता भएका ३ जनाको अभैm पत्ता लागेको छैन ।  साविक खिम्तीर फर्पू गाविसको सीमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा ५ जना वेपत्ता भएका थिए । वेपत्ता भएकामा मध्ये २ जनाको शब आइतबार फेला परेको भए पनि अन्य ३ को अझै पत्तो लाग्न सकेको छैन ।
मृत्यु हुने मध्ये लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मीटर दक्षिण तामाकोसी नदीको किनारमा आइतबार फेला परेको थियो ।
घटनामा परि वेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजि कार्य जारी छ । उनीहरुको जिवितै उद्दार हुने आशा कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।क
घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको काठमाडौँको वीरअस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भई रहेको छ ।
यसै बिच जिल्ला दैवी प्रकोप उद्धार समितिले खिम्तीका बाढी पीडित ४ घर परिवारलाई सोमबार बिहान राहात सामाग्रि वितरण गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार ४ घर परिवारलाई अन्न, ओढ्ने ओछ्याउने, त्रीपाल, भाडाँकुँडा तथा नुन तेल लगायतका सामाग्रिहरु वितरण गरिएको छ । पीडितलाई स्थानीय स्तरमा पनि केही राहात सामाग्रि वितरण गरिएको लिखु गाउँपालिकी उपप्रमुख दीपशिखा दाहालले जानकारी दिइन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार