News »
रामेछापमा ज्वरोको बिरामी बढ्यो

रामेछाप । साउन २६ गते,
रामेछाप जिल्लामा ज्वरोका बिरामी अत्याधिक मात्रमा बढेको छ । जिल्लामा रहेको अस्पतालहरुमा ज्वरोका बिरामीको सङख्या अत्याधिक मात्रामा  बढेपछि सबै अस्पताल बिरामीले भरिभराउ भएका छन्  । एक अर्कामा एकदमै छिटो मात्रमा सर्ने ज्वरोका कारण एउटै  परिवारका ५ जना सम्म बिरामी एउटै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् । मन्थली नगरपालिका १० चनखुका बिर तामाङसहित उनका परिवारका ४ जनाले तामाकोसी सहकारी अस्पतालमा उपचार गराईरहेका छन् ।
यतिमात्रै हैन एकै परिवारका ५ जना भन्दा बढिले भर्ना भएर उपचार गराईरहेको अस्पताल श्रोतले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा  तामाकोशी सहकारी अस्पताल, समुदायिक अस्पताल , डिलश्री मेडिकल हल लगाएत ४ वता अस्पालहरुमा ज्वरोका बिरामीले भरिएका छन् । अस्पतालमा अत्याधिक बिरामीको सङख्या बढेपछि बिरामी भर्ना गरेर राख्ने बेड नभएको आमालाई उपचार गर्न तामाकोसी सहकारी अस्पताल पुगेका एमाले जिल्ला सचिव आनन्द श्रेष्ठले बताए । जिल्लामा भाईरल ज्वरोले धेरै बिरामी बढेर भर्ना गरेर राख्ने ठाउँको अभाव हुन दुखद भएको उनको भनाई छ ।
 यसमा तत्काल सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए । जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामीहरुमा अत्याधिक ज्वरो आउने , काम्ने, र बेहोस हुने लक्षण देखिएको तामाकोशी सहकारी  अस्पताल मनथलीका निर्देशक डाक्टर सुमन कर्मचार्यले बताए । उनले ज्वरोका बिरामी बढेपनि कुन ज्वोरो हो भनेर परिक्षण गर्ने साधन श्रोत नरहेकाले ब्याक्टेरिया आशंकामा परिक्षणका लागि समबन्धीत ठाउँमा पठाईएको बताए । रामेछापका सबैजसो क्षेत्रबाट यस्ता बिरामी आएको भएपनि साविकका चनखु, फुलासी , तिल्पुङ, रामेछाप , कठजोर , भलुवाजोर लगाएतका ठाउँका बिरामी धेरै रहेको उनको भनाई छ ।
जिल्लामा रहेका सबै अस्पतालहरुमा ज्वोरोका बिरामीको चाप उच्च रहेको बताउदै उनले तामाकोशी सहकारी अस्पतालमा भर्ना भएका बिरामि मध्य ७५ प्रतिशत भन्दा बढि बिरामी ज्वरोको मात्रै रहेको उनको भनाई छ ।  

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार