News »
सिंहदरबारको अधिकार गाउँमा गयो भन्नु बोलीमा मात्रै सिमित भएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष ढुंगेलको भनाई

रामेछाप । साउन २९ गते,
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सिंहदरबारको अधिकार गाउँगाउँमा गयो भन्नु बोलीमा मात्रै सिमित रहेको बताएका छन्। जबसम्म स्थानीय तहमा  दिएको अधिकार पुर्ण हुदैन तब सम्म सिंहदरबारको अधिकार गाउँगाउँमा गयो भन्नुको कुनै तुक नहुने बताए । रामेछापको सदरमुकाम मन्थलीमा अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा आईतबार आयोजित युवा उद्यमशिलता र चुनौती बिषयक कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रमा बस्नेहरुले स्थानीय तहले पाएको अधिकार दिन आनकानी गरिरहेको आरोप लगाए ।  उनले युवानै देश विकासको प्रमुख मेरुडण्ड भएकाले युवालाई उद्यमशिलता बनाउन युवा परिषदले योजना बनाउने बताए ।
कार्यक्रममा विकास बिद् एवं नेपाल ईन्जिनियर कलेज चागुनारायणका अध्यक्ष लम्बोदर न्यौपानेले उद्यामशिलतामा भएका आधुनिक विकासका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । उनले उद्यमशिलता तिर अग्रसर भएका युवाहरुका लागि बनेका प्रविधिका बारेमा उदाहरण सहित जनाकारी गराएका थिए ।
भर्खरै सम्मपन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित युवा जनप्रतिनिधिहरुको समेत सहभागिता रहको सो कार्यक्रममा बैदेशिक रोज गारीको अवसर र चुनौतीका बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा सुरक्षित आप्रवासन सामि परियोजना रामेछापका संयोजक भोजराज सुनुवारले बैदेशिक रोजगारको अवसर र चुनौतीका बारेम सहभागिहरुलाई जानकारी दिएका थिए । सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि लगाएतका युवाहरुको सहभागिता रहेको कार्यक्रम जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षता र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • बाल गित5.00PM - 5.15PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.15PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तामाङ गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • म पनि गाउँछु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
अन्य मुख्य समाचार