News »
रस्नालु खुल्ला दिसा मुक्त वडा घोषणा

रामेछाप । साउन २९ गते,
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुलाई शनिबार खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रस्नालुको आयोजना जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको समन्वय तथा सृजनशील यूवा समाज चिसापानी÷नेपाल स्कुल परियोजनाको सहयोगमा कार्यक्रम संचालन गरिएको थियो ।
गोकुलगंगा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नरबिक्रम कार्कीको अध्यक्षता तथा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो । रस्नालुका प्राय सबै घरहरुमा शौचालय निर्माण भइसकेको हुँदा खुल्ला दिसा मुक्त वडा घोषणा गर्दै सरसफाई क्रियाकपाल शुभारम्भ भएको तथा विकास निर्माणका कार्यहरुसँगै चेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए ।
रस्नालुका १ हजार २ सय शौचालयहरु मध्ये ५६० शौचालयहरु सृजनशील यूवा समाज चिसापानी÷नेपाल स्कुल परियोजनाको सहजीकरणमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाई अधिकृत पबन घिमिरेले जानकारी गराएका थिए ।  खुल्ला दिसा मुक्त वडा घोषणा कार्यक्रममा उक्त कार्यमा सहयोग गर्ने संस्था तथा ब्यक्तिलाई प्रशंसा पत्रमा साथ सम्मान गरिएको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार