News »
रामेछापको रामपुरमा खानेपानी योजना बनेपछि स्थानीयमा खुसी छायो

रामेछाप । भदौ २६ गते ,
खानेपानीको अभावले काकाकुल जस्तै बनेका रामेछापको रामेछाप नगरपालिका अन्तर्गतको साविकको रामपुर गाविसमा खानेपानीको योजना निर्माण भएको छ । खानेपानी योजना निर्माण भएर टोलटोलमा धारो झरेपछि स्थानीय हर्षित भएका छन् ।

रामेछापको रामेछाप नगरपालिका ६ रामपुरका स्थानीयले खानेपानीको अभावमा ठूलो सास्ति व्यहोर्नु परेको थियो । गाउँमा खनेपानीका सान मुहानहरु सुकेपछि स्थानीयहरु समुहनै बनाएर पानी लिन खोलामा जाने गर्दथे । अझ २०७२ सालमा आएको भूकम्प पछि ठाउँठाउँमा भएका खानेपानीका साना कुवाहरु पनि सुके । त्यस पछि स्थानीयहरु पानी लिन एक घण्टा लगाएर खोलामा जानु पर्ने अवस्था आयो ।
करिव एक वर्षमा स्थानीयको श्रम र अन्तराष्ट्रिय रेडक्रसको लगानीमा नेपाल रेडक्रस रामेछापले सो स्थानमा खानेपानी योजना निर्माण गरिदिएको हो ।  एक करोड १९ लाख ८९ हजार रुपैयाँको लागतमा निर्माण भएको सो खानेपानी योजनाबाट २७ वटा सार्वजनिक धाराहरु वितरण गरिएका छन् । सो पानीले गाउँका १ सय ५९ घर धुरीलाई खानेपानी पुगेको स्थानीय बताउँछन् ।
५०⁄५० हजार लिटरका २ वटा टैङ्किहरुमा जम्मा गरिएको पानि बिहान बेलुका खोलेर स्थानीयलाई खनेपानीको आपूर्ति गरिएको छ । यसले गर्दा गाउँमा छुट्टै खालको उत्साह देखिएको छ । सो योजना नबनेको भए गाउँलेहरु गाउँनै छाडेर हिँड्नु पर्ने अवस्थामा पुगेका थिए । घरको एकजना खोलामा पानीको पालो कुर्न मात्रै वस्नु पर्ने वाध्यताबाट अब गाउँलेहरु मुक्त भएका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार