News »
रामेछापको रामपुरमा निर्मित खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण

रामेछाप । भदौ ३० गते,
रामेछाप जिल्लाको रामेछाप नगरपलिका वडा नम्बर ५ रामपुरमा नेपाल रेडक्रस शोसाईटीले बनाएको खानेपानी आयोजना शुक्रबार एक कार्यक्रमका बिच स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर राणा मगरको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले खनेपानी ट्याङकीको उद्घाटन गरि हस्तान्तरण गरेका हुन् । रामपुरको छरछरे भन्ने ठाउँबाट २ दशमलव ५ किलोमिटर पाईपलाईनबाट रामपुरकै बसन्तपुर ठिङग्रे टोल सम्म पानी ल्याईएको छ । त्यस गाउँका ५१ घरपरिवारका  ३ सय ७१ जनाले खानेपानीको उपभोग गर्नेछन् भने १० वटा धारा मार्फत स्थानीयको घर दैलोमा खानेपानी बितरण गरिएको रेडक्रस रामेछापले जनाएको छ ।
नेपाल रेडक्रस शोसाईटी तथा अन्तराष्ट्रिय महासंको १४ लाख १४ हजार ३ सय ७१ रुपैया र स्थानीय उपभोक्ताहरुको श्रमदान ४ लाख ८९ हजार १ सय १७ गरि कुल १९ लाख ३ हजार ४ सय ८९ रुपैयामा सो खानेपानी आयोजना सम्पन्न भएको कार्यक्रममा जानकारी गराईएको थियो । त्यस अवसरमा रेडक्रसका केन्द्रीय कार्यक्रम अधिकृत रुकु काफ्ले , वडा कार्यालयका वडा अध्यक्ष भिम बहादुर तामाङ, वडा सचिव लक्ष्माण भुजेल,रेडक्रसका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेत , नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , ईन्जिनियर अच्छुत कोईराला , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रतिनिधि बखत बहादुर थापाले बोलेका थिए । कार्यक्रममा स्थानीयहरुले खानेपानीको हाहाकार भएको ठाउँमा आयोजना निर्माण भएसंगै अव सरसफाईको क्षेत्रमा समेत सुधार हुने बताएका थिए । २ घण्टा सम्म हिडेर खानेपानी ल्याउनु पर्ने बाध्यता अब धाका लागि हटेको उनीहरुको भनाई छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार