News »
रामेछापको मन्थलीमा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहिकरण गोष्ठि सुरु

रामेछाप । भदौ ३१ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहिकरण गोष्ठि शनिबारबाट सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको अध्यक्षता र सामुदायिक उपभोक्ता महासंघ नेपालकी केन्द्रीय महासचिव भारती पाठकको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको गोष्ठी आईतबार सम्म चल्ने  छ । गोष्ठिको सवल परियोजना रामेछापको आर्थिक सहयोग, पहाडि समाज कल्याण केन्द्र दोरम्बाको सहकार्यमा ,सामुदायिक वन उपभोक्ता महासंघ रामेछाप र समुदायमा आधारित वन सहजकर्ता सञ्जाल रामेछापले आयोजना गरेको हो ।
२ दिन सम्म संचालन हुने गोष्ठिमा सामुदायिक वन उपभोक्त समुहको वन कार्ययोजनामा विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहिकरणलाई कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा छलफल हुने कार्यक्रमका अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्की ,सामुदायिक उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य भोला खतिवडा , जिल्ला वन कार्यालय रामेछापका भरत श्रेष्ठ , गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष कैलाश खत्री , सवल परियोजना रामेछापका बरिष्ठ कार्यक्रम संयोजक डिल बहादुर नेपाली , कार्यक्रम संयोजक थिर बहादुर थापा मगर ( रविन ) ,पहाडि समाज कल्याण केन्द्र दोरमबाका अध्यक्ष रत्नप्रसाद कडेल लगाएत सामुदायिक वन उपभोक्ता महासंघ  र समुदायमा आधारित वन सहजकर्ता सञ्जालका पदाधिकारीहरुको सहभागिता छ ।
कार्यक्रममा सहभागिहरुले विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहिकरण कार्यक्रमलाई गाउँगाउँमा लैजानुपर्नेमा जोड दिएका थिए । उनिहरुले धेरै सामुदायिक वनका पदाधिकारीहरुलाई विधान र कार्ययोजनाका बारेमा जानकारी नरहेकाले यसका सवालमा चेतना मुलक कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । सहभागिहरुले अहिले नयाँ बनेको स्थानीय संरचनाअनुसार सामुदायिक वन उपभोक्ता महासंघको संरचना कस्तो रहन्छ भन्ने बारेमा पनि छलफल हुनुपर्ने बताएका थिए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार