News »
मन्थलीमा दुई वटा शिक्षक सहकारीको बार्षिक साधारण सभा एकैसाथ सम्पन्न

रामेछाप । भदौ ३१ गते,
शिक्षक परोपकार बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा मन्थलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्माण प्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले गरेका ह्न् । २०६८ सालमा स्थापना भएको सहकारीको अहिले २ सय ८० जना शेयर सदस्य रहेका छन् भने संस्थाको कुल पँुजी २९ लाख २ हजार ५ सय ७२ रुपैया रहेको संस्थाका कोषाध्यक्ष मेघ प्रसाद भट्राइले जानकारी दिए । कार्यक्रममा सहकारी स्थापना भएपछि शिक्षकहरुलाई आवश्यक पर्ने केहि रकम लिएर काम चलाउन सजिलो भएको शिक्षकहरुको भनाई छ । आगामि दिनमा जिल्लाका सबै शिक्षकहरुलाई सहकारीको सदस्य बनाउने लक्ष्य राखिएको छ संस्थाले जनाएको छ ।
साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे , उपाध्यक्ष हिमाल ढुंगेल, शिक्षक संघका जिल्ला अध्यक्ष नवराज घिमिरे ,  ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष पुरुषोत्तम घिमिरे , पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । त्यस अवसरमा उत्कृष्ट बर्ष शिक्षकका रुपमा मन्थली उमाविका धर्मेन्द्र यादव र शेयर सदस्याका एसईई परिक्षमा उत्कृष्ट अंक ल्याउने छोराछोरीलाई सम्मान गरिएको थियो ।
यता शिक्षक बचत तथा ऋण सहकारी सस्था रामेछापको ११ औ बार्षिक साधारणसभा पनि शनिबारै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञान बहादुर खड्काको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष बिष्णु बहादुर थापाले कुल १ करोड ४२ लाख ७ हजार ५ सय २७ रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६२ सालमा स्थापना भएको सो सहकारीमा अहिले ४ सय ९५ जना शिक्षकहरु शेयर सदस्य रहेको उनले बताए । सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव दिनेश थापाले आगामी दिनमा सहकारीले लगानिको क्षेत्र बढाउदै शिक्षा क्षेत्रको विकासमा थप योगदान दिने जानकारी दिए ।
सो अवसरमा संस्थापक शेयर सदस्यहरुलाई  दोसल्ला ओढाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष निर बहादुर कार्की , पूर्व अध्यक्ष पवनराज पौडेल, एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेल लगाएतले बोलेका थिए । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले गुणस्थरिय शिक्षाका लागि सहकारीले लगानी गर्न सक्ने बताए । सामुदायीक विद्यालयमा राज्यको लगानी न्युन भएकै शैक्षिक उपलब्धी कम भएको उनको भनाई थियो । सहकारीसंग रहेको पैसा विद्यालयमा लगाननी गर्न उनले आग्रह गरे ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार