News »
असोज २,३ र ४ गते विविध कार्यक्रम गरि रामेछापमा संविधान दिवस मनाईने

रामेछाप । असोज १ गते,
असोज २ ,३ र ४ गते संविधान दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको संयोजकत्वमा  आईतबार बसेको सरोकारवालाहरुको बैठकले ३ दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । असोज २ गतेदेखी ३ गते सम्म जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संघ संस्था, बजार क्षेत्र एवं घरघरमा साँझको समयमा दिपावली गर्ने बैठकले निर्णय गरेको छ । बैठकले दिवसका अवसरमा जिल्ला स्वाथ्य कार्यालय रामेछापको संयोजनमा विभिन्न अस्पतालमा भर्ना भएको बिरामीहरुलाई फलफूल बितरण गर्ने निर्णण पनि गरेको छ । त्यसैगरी असोज ३ गते बिहान ७ बजे सदरमुकाम मन्थलीको देवकोटा चोकमा भेला भई प्रभातफेरी सहित बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको कार्यालयमा प्रवचन कार्यक्रम गर्ने ,नेपालको संविधानको विविध बिषय र यसको कार्यान्वयनको अवस्थाका सवालमा रेडियो परिसंम्वाद संचालन गर्न सबै सञ्चार माध्ययमहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकल ेसंविधान दिवसकै अवसरमा जिल्ला शिक्षा कार्यालय रामेछापको संयोजनमा नेपालको संविधानका बिषयमा विद्यालय स्तरीय निवन्ध प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार