News »
ओखलढुंगामा माओवादीले टुंग्यायो प्रदेश र प्रतिनिधि सभा चुनावका उम्मेदवार

ओखलढुंगा । असोज १,
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ। माओवादी केन्द्रले प्रतिनिधि सभाको लागि पार्टीका जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य बाबुराम गौतमको नाम सर्वसम्मत चयन गरेको छ। प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट रामकुमार कार्की ’नवीन’ र क्षेत्र नं. २ मा मोहनकुमार खड्का ’हिमशिखर’को नाम घोषण गरेको छ। ओखलढुंगामा प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र तोकिएको छ। भदौको २३ र २४ गते बसेको जिल्ला सचिवालय समितिको बैठकले उम्मेदवार टुंगो लगाएको हो।
टुंगो लगाएको उम्मेदवारको नाम शनिबार माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। समानुपातिक निर्वाचन पद्धतितर्फ भने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कुल १७ जनाको नाम सिफारिस गरिएको छ। उनीहरुको नाम सार्वजनिक गर्दा पार्टीको हित विपरित हुने भन्दै समानुपातिक सदस्यहरुको नामावली भने सार्वजनिक नगरीएको पार्टीका जिल्ला संयोजक खड्काले बताए। यद्यपी पार्टी केन्द्रको असोज ९ र १० मा बस्ने केन्द्रिय समितिको बैठकपछि भने समानुपातिकका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने उनले जानकारी दिए। उम्मेदवार चयन गरेसँगै चुनावको तयारीका लागि जिल्लामा पार्टी संगठन सुदृढिकरण र प्रचारमा केन्द्रित रहने जिल्ला संयोजक मोहनकुमार खड्का ’हिमशिखर’ ले जानकारी दिए।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार