News »
रामेछापका स्थानीय विकास अधिकारीमाथि विप्लव माओवादीले मोविल खन्यायो

रामेछाप । असोज २ गते,
रामेछाप जिल्लाका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्यनिष्ट पार्टी माओवादी – विप्पलव ) समुहले मोविल  खन्याएका छन् । सोमबार विप्लप समुहका कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै गएर कालो मोविल खन्याएका हुन् । स्थानीय विकास अधिकारी दिनेशराज पन्तले भने आफ्नो कुनै गल्ती नहुदा पनि अपरिचित व्यक्तिले कार्यकक्षमै आएर मोविल खन्याएको भन्दै सो व्यक्तिलाई तत्काल कार्वाहीको माग गरेका छन् । उनले आफु काम गरिहरेको बेलामा एउटा रजिष्टर लिएर एक अपरिचित व्यक्ति आएको र उसको रजिष्टर हेर्दै गर्दा सो व्यक्तिले आफुमाथि कालो मोविल खन्याएर भागेको बताए ।
यसैवि जिल्ला समन्वय समितिले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा कार्यालयमा काम गरिहेको अवस्थामा स्थानीय विकास अधिकारी पन्तको शरिरमा कालो मोविल खन्याईनुलाई निन्दनिय , अपराधिक र कायरतापुर्ण घटना भनिएको छ । घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारवाही अघि बढाउन जिल्ला समन्वय समितिले सम्वद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
उता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्वेवारी लिएको छ । स्थानीय विकास अधिकारी पन्तले राजैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको भन्दै त्यसको कार्वही स्वरुप मोविल खन्याईएको विज्ञप्ती मार्फत जनाएको छ । नेपाल कम्यनिष्ट पार्टी जिल्ला समिति रामेछापका नेता विवेक लामाले नयाँ संरचना बनिसकेपछि पनि मिलेमतोमा स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आर्थिक अनियमितता गरेको भन्दै कालो मोविल खन्याएर कारवाही गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्तीमा गत आर्थिक बर्षमा विविध शिर्षको नाममा १९ करोड भन्दा बढि विभिन्न राजनैतिकदलको मिलेमतोमा स्थानीय विकास अधिकारी पन्तले अनियमितता गरेको , जिविसले जिल्लाको आयव्ययमा वर्तमान विकेन्द्रीत व्यवस्था अनुसार जिल्ला स्थित ३ वटा कार्यालयलाई ३९ करोड ८२ लाखको बिबरण स्पष्ट दिन नसकेको , जिल्लामा ढुंगा गिट्टी र बालुवाको न्युनतम अंक निर्धारण गर्दा प्रारम्भीक बाताबरण म्ल्याङन प्रतिवेदनले तोकेको परिणाम भन्दा बढि निकाल्न नपाईनेगरी नियन्त्रण व्यवस्था कर निर्धारण नगरेको भन्दै स्थानीय विकास अधिकारीलाई मोविल खन्याईएको जनाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार