News »
संविधान दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो

रामेछाप । असोज ३ गते,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको मंगलबार दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । संविधान दिवसकै अवसरमा मंगलबार रामेछापमा विभिन्न कार्यक्रमको आयोजान भएको छ । दिवसका अवसरमा सदरमुका मन्थलीमा प्रभात फेरीको आयोजना भएको थियो  ।
सरकारी तथा गैर सरकारी संघ संस्था, प्रमुख एवं प्रतिनिधि , नागरिक समाज , पत्रकार ,वुद्धिजिवी , सुरक्षा निकाय लगाएत सर्वसाधारणको सहभागिता रहेको प्रभातफेरी देवकोटा चोकबाट सुरु भई  बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको कार्यालयमा संविधान दिवस समारोहमा पारिणत भएको थियो । संविधान दिवस जिल्ला मुल समारोह समिति रामेछापका संयोजक एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रममा गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालको संविधान समावेशी सहित समाज उन्मुख रहेको बताए । उनले लामो समयको त्याग र वलिदानवाट प्राप्त भएको संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताए । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेपालको संसिवधानको पुर्ण कार्यान्वयन हुने र देशले विकासको गति लिने बताए । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले प्रतिनिधि र प्रदेशसभा निर्वाचन पछि देशले आर्थिक , सामाजिक क्षेत्रको विकासमा फड्को मार्ने बताए । उनले संविधानको पालना र रक्षा गर्न सबैको दायित्व भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने , नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, एमाले अध्यक्ष शान्ति प्रसाद पौडल लगाएतले संविधान दिवसका अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार