News »
ओखलढुंगामा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्याको विरोध

ओखलढुंगा । असोज २४ गते,
सोमबार राजधानीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको ओखलढुंगा निर्माण व्यवसायी संघले भत्र्सना गरेको छ । संघले मंगलबार विज्ञप्ती जारी गर्दै हत्यारालाई छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ । दिनदहाडै राजधानीको व्यस्त सहरमा व्यवसायीमाथि भएको हत्याले सुरक्षा व्यवस्थाको उपहास भएको समेत विज्ञप्तीमा उल्लेख छ । सरकारले निर्माण व्यवसायी र प्रत्येक नागरिकको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको प्रत्याभुत गराउन सुरक्षा दिनुपर्ने माग विज्ञप्तीमा गरिएको छ ।
संविधान कार्यान्वयनका लागि प्रदेश र केन्द्रको चुनावको मुखमा भएको हत्याले सम्पूर्ण निजी क्षेत्रलाई त्रसित बनाएको निर्माण व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष विनोद ताम्राकारले बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माण समेत निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेकोमा गौचन हत्याले सम्पूर्ण व्यवसायी गम्भीर हुनुपर्ने अवस्था आएको ताम्राकारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सरकारले गौचनका हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेमा चरणबद्ध आन्दोलनमा जाने जाने र सार्वजनिक निर्माणको कार्य रोक्ने संघले जनाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » लोक मञ्जरी
9.15AM - 10.00AM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार