News »
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्याको रामेछापमा बिरोध

रामेछाप । असोज २५ गते ,
सोमबार काठमाण्डौंको बानेश्वरमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको रामेछाप निर्माण व्यवसायी संघले बिरोध गरेको छ । संघले मंगलबार साझ एक विज्ञप्ती निकाल्दै हत्यारालाई छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ ।  त्यसैगरी घटनाका बारेमा सरकारका तर्फबाट अहिलेसम्म भएका अनुसन्धान प्रगति तत्काल सार्वजनिक गर्न माग गरिएको छ । रामेछाप निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष हरिबहादुर योन्जन र कोषाध्यक्ष रमेशकुमार उदाशको हस्ताक्षर रहेको  विज्ञप्तिमा दिनदहाडै राजधानीको व्यस्त सहरमा व्यवसायीमाथि भएको हत्याले सुरक्षा व्यवस्थाको उपहास भएको भन्दै घटनाको घोर भत्र्सना गरिएको छ ।
तत्काल दोषि पत्ता लगाई हदैसम्मको कारबाही गर्नसंघले सरकारसंग माग गरेको छ । देश निर्वाचनमा गइरहेको अवस्थामा देशको एक अग्रणी संस्थाको अध्यक्षको हत्याले सारा नेपालि लाई स्तब्ध बनाएको विज्ञप्तीमा भनिएको छ । देशभरका निर्माण व्यवसायीहरुलाई पूर्ण सुरक्षाको प्रत्याभुत दिन पनि संघले सरकारलाई अपिल गरेको छ । साथै संघले नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रको निर्देशन बमोजिम अशोज २६ र २७ गते २ दिन देशभर जस्तै रामेछापमा पनि निमार्ण कार्य बन्द गर्ने निर्णय गरेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार