News »
रामेछापको गेलुमा स्वास्थ्य शिविर सम्पन्न

रामेछाप । असोज २५ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा स्थानीय एक सामाजिक संस्थाले स्वास्थ्य शिविर राखेको छ । कालिन्चोक फाउण्डेशन नेपालले संचालन गरेको स्वास्थ्य शिविरमा गेलु , फुलासी , चनखु  लगाएतका ठाउँबाट आएका ५ सय सर्वसाधारणले स्वास्थ्य सुविधा लिएका छन् । पशुपति आधारभुत विद्यालय भुलभुलेमा संचालन भएको स्वास्थ्य शिविरमा नाक , कान , घाँटी , आखाँ , दात र स्त्रीरोग सम्बन्धी परिक्षण गरि औषधि समेत बितरण गरिएको थियो । स्वास्थ्य शिविरमा तामाकोशी सहकारी अस्पताल मन्थली , विपि स्मृति अस्पताल काठमाण्डाँै, मार्क फर्मुलेशन प्रा.लि काठमाण्डौ , वाइएसपि नेपाल रामेछाप र लाइन्स क्लब  काठमाण्डौ लगाएतका सामाजिक संस्थाहरुले शिविरमा सहयोग गरेको कालिन्चोक फाउण्डेशनका अध्यक्ष दिनेश कुमार खड्काले जानकारी दिए ।
शिविरमा  विपि स्मृति अस्पताल काठमाण्डौका डा. रजनी बानिया , डा . कृति अधिकारी सुवेदी ,तामाकोशी सहकारी अस्पताल रामेछापका डा. सुमन कर्माचार्य, विरेन्द्र सैनिक अस्पताल छाउनीका स्त्रीरोग विषेसज्ञ डा. कोपिला राई , जर्मन दन्त विज्ञ जोन एडर्सनले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य शिविर शुभारम्भमा वडा अध्यक्ष कृष्णहरी अधिकारी , मार्क फर्मुलेशनका प्रतिनिधि अच्चुत राज अधिकारी , कालिन्चोक फाउण्डेशनका प्रतिनिधि लगाएत गरेका थिए । स्वास्थ्य शिविर राखेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनिहरुले घरदैलोमै स्वास्थ्य शिविर राखेर महत्वपूर्ण काम गरेको बताए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार