News »
सडक मर्मत नहुदा रामेछाप सहित तीन जिल्लाको यात्रा जोखीमपुर्ण

रामेछाप । असोज २६ गते,
रामेछाप जिल्लाको उत्तर पश्चिम र दक्षिण भेगका सडक खण्ड मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यातायात व्यवसायी र सडक उपभोक्त समितीको लापरबाहीले हजारौ यात्रु जोखम मोलेर यात्रा गर्न बाध्य भएका छन् । सडकको स्थिति दर्दनाक भएकाले यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । हिलो सडकमा सवारी गुड्न नसक्दा खाद्यान्नलगायत अन्य उपभोग्य सामान ढुवानीमा रामेछापवासी तथा छिमेकी जिल्ल ओखलढुंगा र सोलुखुम्बुबासीले पनि सास्ती बेर्होनुपरेको छ ।
सम्बन्धित निकायले निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुलाई अनुगमनमा कडाइ नगर्दा यात्रुहरुले समस्या भोग्नुपरेको नेकपा माओवादी केन्द्र रामेछापका सचिवालय सदस्य रबिन्द्र पौडेलले बताए । रामेछाप,ओखलढुंगा र सोलुखुम्बुबासीको साझा समस्याका रूपमा रहेको रामेछापका बिभिन्न सडक खण्डको मर्मत तथा पुननिर्माणको कार्यमा गैरजिम्मेवारीपनाको जवाफदेहिताका लागि नेपाल सरकार, सडक विभाग, सडक डिभिजन कार्यालय, स्थानीय सरकार समेत दोषी रहेको पौडेलको भनाई छ ।
कालोपत्रेको त कुरैछाडैं मर्मत सम्म नभएका बिभिन्न सडकको विभिन्न खण्डमा हिलो र भासिएर सवारी फस्दा २६ किलो मिटर बाटोमा ७ घन्टासम्म लाग्ने गरेको ओखलढुंगा लिखु गाउँपालीका ६ का कृष्णकुमार भट्टराईको भोगाई छ । रामेछापका सडक मर्मत सम्भारमा मात्र वर्षेनी लाखौं रकम खर्च भएपनि सडकको स्तरउन्नती नभएको उमाकुण्ड गाउँपालीका कुँबुकाँस्तलीका बिष्णुबहादुर कार्कीको भनाई छ । यता सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीले भने सडक डिभीजन कार्यालयलाई लगाईएको आरोप निराधार रहेकोे प्रतिक्रिया दिएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार