News »
निजि आवास पुननिर्माणका लागि जिसस रामेछापबाट ३ अर्ब १८ करोड ५३ लाख निकासा

रामेछाप । असोज २७ गते,
जिल्ला समन्वय समिति रामेछापबाट हालसम्म भुकम्प लाभग्राहीहरूको नीजि आवास पुर्न्निर्माणका लागि ३ अर्ब १८ करोड ५३ लाख रकम निकासा भएको जनाएको छ । यसमा गैर सरकारी संस्थाहरुलो पुननिर्माणका लागि दिएको अनुदान रकम समावेश गरिएको छैन । जिल्ला समन्वय समितिले हालसम्म पहिलो किस्ता वापत ४० हजार ७ सय १६ जना लाभग्राहीलाई पहिलो किस्ता ५० हजारका दरले २ अर्ब ३५ करोड ८ लाख रकम निकासा गरेको छ । त्यसैगरी ७ हजार ४ सय ४२ जना लाभग्राहीलाई दोस्रो किस्ता १ लाख ५० हजारका दरले १ अर्ब ११ करोड ६३ लाख निकासा गरेको छ ।
 त्यसैगरी जिल्ला समन्वय समिति रामेछापले तेस्रो किस्ता बापत ३ सय ३२ जनालाई १ लाखका दरले ३ करोड ३२ लाख निकासा गरेको जिल्ला समन्वय समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले जानकारी दिए । उनका अनुसार १ सय ६१ जना लाभग्राहीको दोस्रो किस्ता बापतको  २ करोड ४१ लाख ५० हजार यहि कार्तिक २५ गते निकासा भएको छ ।
जसमा साविकको पकरवास गाविसको १ सय ७ जना लाभग्राहीको एन.आई.विएल ,एन.एम.वि र राष्ट्रिय बैंक मन्थलीमा रकम निकासा भएको छ । त्यसैगरी डडुवा गाविसका ३८ जनाको एन.एम.बि बैंक मन्थलीमा रकम निकासा भएको छ । त्यसैगरी गौश्वरा गाविसका ७ जना लाभग्राहीको एन.एम.बि बैंक मन्थलीमा र पुरानागाउँ गाविसको ९ जना लाभग्राहीको दोस्रो किस्ता रकमा टुरिजम डेभलपमेन्ट बैकमा निकासा भएको जिल्ला समन्वय समिति रामेछापले जनाएको छ ।
 सम्बन्धित गाविसका लाभग्राहीहरुलाई आफ्नो वडा कार्यालय र प्राविधिक कर्मचारीहरु तथा सम्बन्धित बैकसँग समन्वय गरी अनुदान रकम बुझ्न आउनु जिल्ला समन्वय समिति रामेछापले आग्रह पनि गरेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार