News »
रामेछापको मन्थलीमा मानवअधिकार प्राथामिकता क्षेत्र निर्धारण विषयक अन्तरक्रिया

रामेछाप । असोज २७ गते,
रामेछाप सदरमुकाम मन्थलीमा मानवअधिकार प्राथामिकता क्षेत्र निर्धारण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , उपप्रमुख दीपा पाख्रिन ,मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत , उपप्रमुख माया कार्की , रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने , स्थानिय विकास अधिकारी राजेन्द्र कुमार केसी ,शसस्त्र प्रहरी बल जिल्ला सुरक्षा प्रमुख डिएसपी मेघराज जोशी ,  नेपाल बार एसोसियसन रामेछापका अध्यक्ष पाण्डब पाण्डब प्रसाई लगाएत विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा मानव अधिकारका प्राथामीकताका क्षेत्रका बारेमा क्षेत्रगत कार्यालयका प्रमुख हरुले बोलेका थिए । उनिहरुले नेपालमा मानव अधिकारको अवस्था कमजोर रहेको बताएका थिए । निति नियम र कानुनहरु बने पनि कार्यान्वयनको पक्ष भने फितलो रहेको उनिहरुको भनाई छ । आधारभुत मानवअधिकारका मान्यताहरुलाई सरकारी निकायले कार्यान्वयन गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नेपालको सामुदायिक विद्यालयमा गतिला शिक्षक नभएकै कारण धरासायी बन्दै गएको बताएका छन् । प्रत्येक बर्ष  सामुदायिक विद्यालयको नतिजा कमजोर आउनको कारण  शिक्षकले राम्रो नपढाएर भएको उनको आरोप छ ।
त्यस्ता शिक्षकहरुलाई राज्यले विदाई गर्ने कानुन ल्याउनुपर्ने उनको भनाई छ । निजि क्षेत्रको विद्यालयको शैक्षिक अवस्था निकै राम्रो रहेको बताउदै प्रमुख  बस्नेतले शिक्षक उत्तरदायि भएको कारणले गुणस्तरिय शिक्षा दिन निजि क्षेत्रका विद्यालयहरु सफल भएको धारणा राखेका छन् । शैक्षिक क्षेत्र सुधार नभइ राष्ट्रको विकास नहुने भन्दै उनले सरकारी शिक्षक भएर अन्य काममा संलग्न भएका शिक्षकलाई कारबाहि गर्नुपर्ने बताए ।
अहिलेपनि जातिय विभेद , छुवाछुत , महिला हिंसाका घटनाहरु भइरहनु दुखद विषय भएको सहभागिहरुले  गुनासो गरेका छन् । मानव अधिकार आयोगले यस्ता विषयमा सरकारको ध्यानाकर्षन गराउनुपर्ने बताएका छन् । सोहीक्रममा रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले खाद्य अधिकारको विषयमा सुझाव राख्दै ग्रमीण क्षेत्रका नागरिकहरुले म्याद गुज्रिएको खाद्यान वस्तुको प्रयोग गरिरहेको भन्दै सरकारले यसलाई रोक्नुपर्ने बताए । त्यसैगरी रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम , मन्थली क्याम्पसका प्रमुख टंक प्रसाद दाहाल र शृजनशिल युवा समाज चिसापानीका कार्यक्रम अधिकृत लव कुमार श्रेष्ठले बालबालिका गुणस्तरिय शिक्षा पाउने हकको पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनिहरुले देश निर्माणका योगदान दिने बालबालिकाहरुले स्तरिय शिक्षा नपाए परिवार , समाज र देशको सर्वाङ्गीन विकास हुन नसक्ने बताए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार