News »
रामेछापको रामेछाप नगरपालीकामा वाम शक्तिको कार्यगत एकता

रामेछाप । असोज ३१ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालीकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कार्यगत एकताको सुरुवात भन्दै संयुक्त भेला गरेर दिपावली छठ पर्व र नेपाल संवत्को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेका छन् । नेकपा एमाले रामेछाप नगर कमिटी संयोजक युगराज पाख्रिङको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य ढालविक्रम कार्कीले दुई कम्युनिष्ट पार्टीबीचको समन्वय, सहभागि, समझदारी र सहकार्यबाट मात्रै समृद्धि सम्भव हुने बताउँदै अब नेपालका राष्ट्रवादी कम्युनिष्टहरु एक हुनुपर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका रामेछाप नगर कमिटी अध्यक्ष मोतिलाल तामाङले आर्थिक सामाजिक अधिकार सहितको लोकतन्त्र र स्वतन्त्रता सहितको समानता स्थापित गराउन कार्यगत एकतासँगै वाम शक्तिहरु नै एक हुनुपर्ने विचार व्यक्त गरे ।त्यसैगरी एमाले जिल्ला कमिटी सदस्य होतराज ढकालले रामेछाप नगरपालीकाको अबका दिनमा बस्ने नगर कार्यपालीका अन्य बैठकहरुमा कम्युनिष्ट पार्टीबाट विजयी भएका वडाध्यक्षहरु सहित नगर कार्यपालीकाका सदस्यहरुलाई एक भएर प्रस्तुत हुन आग्रह गरे । एमाले निकट युवा संघका सदस्य हरिचन्द्र खड्कालाई निर्वा्चित वडाध्यक्षले सडकमै कुटपिट गरेकोमा उनले आपत्ति समेत जनाए ।
नेकपा एमाले रामेछाप नगर कमिटी र नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा माओवादी केन्द्र रामेछापका नगर इन्चार्ज शिशिर खड्गी, एमाले सल्लाहकार परिषद् संयोजक वैकुण्ठ पौडेल, माओवादी केन्द्र रामेछाप नगरपालीकाका नेता सरोज कटुवाल लगायतले बोलेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य गोपाल श्रेष्ठ सहित निर्वा्चित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार