News »
ओखलढुंगामा म्यादी प्रहरीका लागि ९ सय ७४ आवेदन

ओखलढुंगा । असोज ३१ गते,
ओखलढुंगा अगामी मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी खोलिएको म्यादी प्रहरी भर्ना कार्यक्रममा ओखलढुंगाबाट ९ सय बढिले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरीका लागि ९ सय ७४ जनाले आवेदन दिएका छन् । ति मध्ये पुरुषको संख्या ७ सय ६२ रहेको छ भने महिलाको संख्या २ सय १२ रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताए । आवेदन दिएकाहरुको छनोट प्रक्रिया कात्तिक ५ गते देखि ८ गतेसम्म हुने उहाँले बताए ।

छनोट प्रक्रियाबाट छानिएकाहरुलाई कात्तिक १२ गतेदेखि तालिमको व्यवस्था गरिएको छ । मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको थियो । सोहि बमोजीम छनोट भएका म्यादी प्रहरीको कार्यावधि भने ५५ दिनको हुनेछ । उनिहरुले प्रहरी जवान सरहको आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, रासन तथा स्थानीय भत्ता पाउने छन् । ड्यूटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको लागि प्रतिदिन २५० रुपैयाँको दरले विशेष भत्ता र सात दिनकै लागि प्रतिदिन २५० रुपैयाँ खाजा र खाना खर्च उपलब्ध गराइने छ । ओखलढुंगामा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार