News »
धनवन्तरी जयन्ती रामेछापमा पनि मनाइयो

रामेछाप । कार्तिक १ गते,
स्वास्थ्य आहार बिहार पबित्र आचार, दीर्घायू एवं आरोग्य जीवनको आधार, भन्ने मुल नाराका साथ राष्ट्रिय आरोग्य दिवस एवं धनवन्तरी जयन्ति  मंगलबार रामेछापको मन्थलीमा मनाइएको छ । मन्थली नगरपालिकाले जिल्ला आयुर्वेद कार्यालय परिसरमा आयोजना गरेको सो कार्यक्रममा आयुर्बेदका पूवद्र्धक धनवन्तरीको तस्वीरमा नगर प्रमुख रमेश कुमार बस्नेत, उपप्रमुख माया कुमारी कार्की , सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्मा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, जिल्ला अयुर्बेद कार्यालयका निमित्त प्रमुख दिपक कार्की लगाएतले माल्यार्पण गर्नुका साथै धनवन्तरीको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा जिल्ला आयुर्बेद कार्यालय रामेछापले गत आर्थिक वर्षको बार्षिक कार्यक्रमको समिक्षा गरिनुका साथै चालु आर्थिक बर्षको लागि प्राप्त अख्तीयारी र बजेटका वारेमा जानकारी गराएको थियो । कार्यक्रमको बारेमा जानकारी गराउदै निमित्त प्रमुख कार्कीले गत आर्थिक बर्षमा बिनियोजित बजेट  ३९ लाख ३८ हजार मध्ये ३९ लाख २९ हजार ५ सय ९ रुपैया खर्च भई जिल्लाका बिभिन्न ठाउहरुमा आयुर्बेद शिबिर, जेष्ठ नागरिकहरुलाई औषधि बितरण , योगा हल निर्माण ,जडिबुटि परिचय कार्यक्रम, बिद्यालय शिक्षा, गाउघर क्लिनिक, स्नेह शिरोधारा लगाएतका कार्यक्रमहरु सम्पन्न गरिएको बताए । उनका अनुसार उक्त कार्यक्रमहरु बाट गत आर्थिक बर्षमा ५ हजार ५ सय ९५ जना सेवाग्राहिहरु लाभान्वित भएको बताए ।
यसैगरी उनले चालु आर्थिक बर्षका लागिपनि  बिगतका वर्षहरु जस्तै कार्यक्रमहरु र थप स्वास्थ्य जीवन कार्यक्रमको अख्तियारी प्राप्त भएको जानकारी दिए । कार्यक्रममा जिल्लाका बिभिन्न बजार केन्द्रहरुका आयुर्बेदिक औषधिको नाममा अनाधिकृत औषधिहरु बिक्रि बितरण भइरहेकोले उक्त कार्य रोक्नका लागि कार्ययोजना बनाई सबैले आआफ्नो तर्फबाट पहल गर्ने निर्णय समेत भएको छ ।
 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार