News »
रामेछापमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता , माओवादीका उम्मेदवारले केन्द्र र प्रदेश दुवै स्थानमा हाले वागि उम्मेदवारी

रामेछाप । रामेछाप कात्तिक ५ गते
आगामी मंसिर १० गते हुने निर्वाचनको लागि रामेछापमा आइतबार शान्तिपूर्ण रुपमा उम्मेदवारी दता भएको छ । रामेछापबाट केन्द्रिय प्रतिनिधि सभाको १ सिट र प्रदेश सभाको २ सिटका लागि उम्मेदवारी दर्ता भएको हो ।
प्रतिनिधि सभालको लागि वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट श्यामकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । सो पदमा काँग्रेसका तर्फबाट पूर्णबहादुर तामाङ कान्छारामले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेका गृह राज्यमन्त्री हुन् । तामाङ यस अघि संविधान सभा निर्वाचनमा काँग्रेसबाट समानुपातिकमा परेका उम्मेदवार हुन् । प्रतिनिधि सभा निर्वाचनको लागि एक स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिएका छन् ।
यसै गरी प्रदेश सभा तर्फ १ नंमा बाम गठवन्धनको तर्फबाट नेकपा एमालेका शान्तिप्रसाद पौडेलको उम्मेदवारी परेको छ । सो प्रदेशमा नेपाली काँग्रेसका रत्न कार्कीको उम्मेदवारी परेको छ । पौडेल एमालेका जिल्ला अध्यक्ष हुन् भने कार्की नेविसंघबाट काँग्रेस राजनीतिमा आएका हुन्  । उनी नेविसंघका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् । प्रदेश सभाको २ नं क्षेत्रबाट गठबन्धनको तर्फबाट एमालेका कैलाशप्रसाद ढुँगेल र काँग्रेसको तर्फबाट जितबहादुर मगरले मनोनयन दर्ता गराएका छन् ।
यसै बिच रामेछापमा वामपन्थी गठबन्धनका साझा उम्मेवारविरुद्ध माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पूर्वसभासद लक्ष्मी गुरुङ र जिल्ला सेक्रेटरी रहिसकेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तान सहितले विद्रोह गरेर बागी उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठको उम्मेदवारी विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दर्ता गराएकी छन् । एमालेका उम्मेदवारहरुका विरुद्ध अन्य २  जना उम्मेदवारल स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् भने ०७० मा प्रत्यक्ष उम्मेदवार बनेर कांग्रेसका आङटावा शेर्पासँग दोस्रो भएकी थिइन् ।त्यस्तै प्रदेशसभातर्फ (१) मा माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकास बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा वामपन्थी उम्मेदवार छन् । त्यस्तै प्रदेश (२) मा माओवादी नेता मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् । 

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार