News »
रामेछापमा सार्वजनिक निजी कार्य समुहको बैठक सम्पन्न


रामेछाप । कात्तिक २९ गते

रामेछाप जिल्लामा रहेको जिल्ला स्तरीय सार्वजनीक निजी कार्य समुह पिपिडब्लुजीको बैठक बुधबार मन्थलीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा मन्थली नगरपालिका प्रमुख रमेशकुमार वस्नेत, जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र मल्ल, वरिष्ठ पशु विकास अधिृत डा. नारायण प्रसाद शर्मा, महिला तथा बालबालिका कार्यालय रामेछाकी प्रमुख सत्यदेवी अधिकारी, जिल्ला स्वास्थ्य निरिक्षक केशव फुँयाँल लगायत सेवा प्रदायका निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, रेडक्रसका सभापति शिवकुमार कार्की, रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहाल, रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँ, नागरिक समाजका अगुवा, अधिकारकर्मीहरु लगायतको पनि सहभागिता रहेको थियो ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हुराडेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले बैठक आयोजनाको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । नयाँ संरचना अनुसार काम गर्दाका अनुभव, समस्या र सिकाईको बारेमा सरोकारवाला बिच छलफल गरी समस्याको समाधान खोज्नको लागि बैठक आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा कृषि, पशु, महिला तथा बालबालिका, स्वास्थ्य लगायतका कार्यालयको बजेट र कर्मचारी स्थानीय तहमा गई सकेको सन्दर्भमा केही स्थानीय तहमा आवश्यक बजेट विननियोजन हुन बाँकि देखिएकोले सम्बन्धित क्षेत्रमा बजेट विनियोज गरी सेवा नियमितताको लागि पहल गर्ने निर्णय भएको छ ।
मन्थली नगरपालिकाका २ वटा वडामा वडा सचिव व्यस्थापन हुन नसक्दा नियमित कार्यक्रम सम्पादनमा समस्या देखिएकोले कर्मचारीको तत्काल व्यवस्थापन गरी सेवा नियमित गर्न तथा शिक्षा कार्यालय अन्तर्गतका केही सामुदायीक अध्ययन केन्द्र नविकरण हुन बाँकि रहेकाले समयमनै नविकरण गराउन आवश्यक कार्य गर्ने निर्णय भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सेवा प्रदायक निकाय र जनप्रतिनिधि बिच समन्वय कम भएकाले समस्या आएको बताउँदै यस्ता कार्यक्रमले समन्वय गर्न सहयोग मिल्ने बताए ।
मन्थली नगरपालीका प्रमुख रमेश बस्नेतले समया नै आवश्यक निर्देशन नआउँदा विषयगत कार्यालयको बजेट अन्य शिर्षकमा छुट्याएको भए पनि त्यसको व्यवस्थापनको काम भई रहेको बताए । नागरिक समाजका प्रनितिधिहरुले सेवा प्रभाकारी बनाउन सबैको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • बाल कार्यक्रम5.00PM - 5.15PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.15PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुरानो सदाबहार गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
अन्य मुख्य समाचार