News »
रामेछापमा आचारसंहिता विपरित राखिएका प्रचार सामाग्रिहरु हटाइयो


२९ कात्तिक, रामेछाप । निर्वाचन आयोगले रामेछाप जिल्लामा आचारसंहिता विपरित राखिएका निर्वाचनका प्रचार सामाग्रिहरु हटाउन सुरु गरेको छ । आयोगले रामेछाप जिल्लमा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित राखेका चुनाव प्रचारका सामाग्रिहरु हटाउन सुरु गरेको हा ।
जिल्ला सदरमुकाम मन्थलीबाट बुधबारदेखि यस्ता  सामाग्रिहरु हटाउन सुरु गरिएको हो । मन्थली बजार नै ढाकेर टाँगिएका राजनीतिक दलका झण्डा तथा पोष्टरहरु बुधबार प्रहरी लगाएर हटाइएको हो । मुख्य निर्वाचन आधिकृतको कार्यालयले यस्ता सामग्रिहरु हटाउन राजनीतिक दलहरुलाई वारम्बार अनुरोध गर्दा पनि दलहरुले प्रचार सामाग्रि हटाउन अटेर गरेपछि प्रहरी परिचालन गरी त्यस्ता सामाग्रि हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मन्थली बजारमा राजनीतिक दलहरुले बजार क्षेत्रमको सार्वजनिक स्थलमा पार्टी र चुनाव चिन्ह अंकित झण्डाहरु टाँगेका थिए । यसैगरी बजार क्षेत्रमा ठूला ठूला प्mलेक्स प्रिन्ट समेत टाँगिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका सहायक निर्वाचन अधिकृत मधु पोख्रेल, अनुगमन अधिकृत रोशन कुमार घिमिरे सहितको प्रहरी टोलि त्यस्ता सामाग्रि हटाउन मन्थली बजारमा निस्किएको थियो ।

मन्थलीबाट हटाउन सुरु गरिएका यस्ता प्रचारका सामाग्रिहरु मन्थली बजारमा मात्र हैन जिल्ला भरिनै हटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुगमन अधिकृत रोशनकुमार घिमिरेले बताए । उनले भने,‘आचारसंहिता विपरित सर्वाजनिक स्थलमा टाँसिएका यस्ता सामाग्रिहरु जिल्ला भरि नै हटाइने छ ।’
मन्थली बजार लगायत प्रमुख बजार केन्द्र तथा अन्य सार्वजनिक स्थलमा समेत  राजनीतिक दलहरुले यस्ता निर्वाचन प्रचारका सामाग्रिहरु टाँसेका छन् ।  यस विषयमा स्थानीय तथा राष्ट्रिय संचारमाध्यमले एकहप्तादेखि लगातार आवाज उठाउँदै आएका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार