News »
मन्थलीको कठजोरमा सार्वजनिक सुनुवाई

रामेछाप । कात्तिक ३० गते
मन्थली नगरपालिकाले प्रवाह गरेको सार्वजनिक सेवाको बारेमा जानकारी दिन बिहिबार मन्थली नगरपालिका २ कठजोरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र हुसोकको सहजिकरण तथा मन्थली नरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्थली नरपालिकाका प्रमुख रमेश वस्नेत तथा मन्थली नरपालिकाका प्रशासकिय अधिकृत आत्माराम सत्यालले सहभागिहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा नगरप्रमुख वस्नेतले मन्थली नगरपालिकाले यस आर्थिक वर्षको पहिलो ४ महिनामा गरेको कामको बारेमा जानरी दिएको थिए । वस्नेतले गत साउनदेखि कात्तिक २५ गतेसम्म नगरपालिकाबाट स्विकृत भएका योजना मध्ये ८३ वटा योजना सम्झौता भएका तथा ६२ वटा योजनाको सम्झौताको लागि कागजात पेस भएको जानकारी दिए ।
यसैगरी सो अवधिमा विभिन्न कार्यबाट नगरपालिकामा ४३ लाख ३ सय रुपैयाँ करलगायतको आम्दानी भएको बताए । यसैगरी नगरपालिकाका १४ वटा वडामा सामाजिक सुरक्षा भत्ता वापत  ५ हजार २ सय ६६ जनालाई  २ करोड ९६ लाख ३५ हजार २ सय रुपैयाँ वितरणको लागि सम्बन्धित वडामा पठाई सकिएको पनि उनले जानकारी दिए । नगरपालिकाले आर्थिक वर्षको पहिला ४ महिनामा चालु तर्फ १० करोड ९१ लाख  ८५ हजार ६ सय र पुँजिगत तर्फ १ करोड २३ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।
सार्वजनिक सुनुवाइका सहभागिहरुले भूकम्प पछिको पुननिर्माणका काममा प्राविधिक नआउँदा समस्या भएको, समयमा किस्ताको रकम नपाएको तथा शैक्षिक क्षेत्र अस्तव्यत हुँदै गएको गुनासो गरेका थिए । सहभागिको प्रश्नको जवाफ दिँदै नगरप्रमुख वस्नेतले पुननिर्माण प्रधिकरणले भूकम्पले अतिप्रभावित जिल्लाका हरेक वडामा एक जनाको दरले इञ्जिनियर पठाउन लागेकोले अब सो समस्या हट्न बताए । उनले मन्थली नगरपालिकाको शैक्षिक क्षेत्रको विकासको लागि शिक्षा सम्बन्धि गुरु योजना निर्माण गरी आउने शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार