News »
रामेछापमा मतदान अधिकृतहरुको तालिम सुरु

रामेछाप । मंसिर १ गते,
जिल्ला निर्वाचन कार्यालय रामेछापले यहि मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहका लागि तालिम मन्थलीमा सुरु गरेको छ । सदरमुकाम मन्थलीबाट टाढा मानिएका मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतहरुलाई ३ समुहमा बिभाजन गरी जिशिअ दिनानाथ गौतम जिल्ला निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्याय ,जिल्ला समन्वय अधिकारी राजेन्द्र केशी, जिल्ला सरकारी वकिल कार्यालयका बटुकृष्ण भण्डारी, कोलेनिकाका प्रमुख मधु पोखरलेले प्रशिक्षण दिइरहनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो । तालिमको उद्घाटन मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रमाम बोल्दै मुख्य निर्वाचन अधिकृत पौडेलले तालिमका सहभागिहरुलाई स्वच्छ निश्पक्ष ढंगबाट मतदान गराउन निर्देशन दिनुभयो । कार्यक्रमममा बोल्दै प्रजिअ लामिछानेले मतदान अधिकृत वा सहायक अधिकृतको सामान्य कमजोरी र असावधानीका कारण बिभिन्न किसिमका झन्झटहरु आइपर्न सक्ने हुनाले संयमित र सावधानीपुर्वक मतदान गराउन सबैलाई निर्देशन दिनुभयो । 
कुल १ सय ९१ वटा मददान केन्द्रका अधिकृत र सहायक अधिकृतहरुलाई दुइ चरणमा तालिम सञ्चालन गरिने र पहिलो चरणमा टाढाका अधिकारीहरुलाई र मंसिर ३ र ४ गते नजिकका मतदान अधिकृतहरुलाई तालिमको आयोजना गरिन जिल्ला निर्वाचन कार्यालयका तालिम तथा समन्वय अधिकृत मुकुन्द केशरी पोखरेलले जानकारी दिनुभयो ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार