News »
दोलखा र मुस्ताङमा नेपाल टेलिकमको जिएसएम सेवा विस्तार

दोलखा । मंसिर १९ गते,
नेपाल टेलिकमले मुस्ताङ र दोलखाका दुई स्थानमा  जिएसएम सेवा विस्तार गरेको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा सञ्चालनमा आएको नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   मुस्ताङको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको हो । उक्त टावरसँग मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको टेलिकमले जनाएको छ ।
सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवेदेखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउने जनाइएको छ । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सयभन्दा बढी घरधुरी लाभान्वित हुने जनाइएको छ । त्यस्तै, दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजारभन्दा बढी सेवाग्राही लाभान्वित हुने जनाइएको छ । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने टेलिकमको दाबी रहेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » आधुनिक गित
3.15PM - 3.55PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • साझा चौतारी पून प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • साथीसँग मनका कुरा4.15PM - 5.00PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • कार्यक्रम शैक्षिक संवाद7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 10.00PM
अन्य मुख्य समाचार