News »
सिन्धुलीमा निर्वाचनको तयारी पुरा ,सुरक्षा व्यवस्थाम कडाई

सिन्धुली । मंसिर २० गते,
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै तयारी पुरा भएको छ । जिल्लामा रहेका दुई क्षेत्रको सिन्धुलीका १ सय ३७ मतदानस्थल र २ सय ४० मतदात केन्द्रमा कर्मचारी, मतपत्र, परिचयपत्र लगायतका निर्वाचन सामग्री पुगिसकेका छन् । मतदानस्थलमा खटिएका कर्मचारीले मतदानस्थल बनाउने काम सकिसकेका छन् ।
दोस्रो चरणको चु्नावलाई लक्षित गरी विभिन्न जिल्लामा हिंसात्मक घटना बढिरहेका बेला सिन्धुलीमा पनि सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक टिका बहादुर केसीका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग , सशस्त्र प्रहरी , मोवाइल टोली र म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्ला भरी २ हजार १ सयको हाराहारीमा सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए ।
सिन्धुलीका २९ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । १ सय ३७ मतदानस्थललाई सुरक्षाका हिसावमा २९ अतिसंवेदनशील, ७९ संवेदनशील र २९ सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले जानकारी दिए । निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतबाहेक १ हजार ९ सय १४ जना कर्मचारी सबै मतदान केन्द्रमा खटिने छन् ।
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाह्य घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ निर्वाचनलाई लक्षित गरी नेपाली सेना र सशस्त्र प्रहरीले तीन निर्वाचन क्षेत्रमा बेस बनाएर सुरक्षा दिइरहेको छ । आवश्यकताअनुसार अझै थप गर्दै लगिने केशीले बताए । मौन अवधिमा हुन सक्ने घटना नियन्त्रणका लागि टोलीसमेत खटाइसकिएको छ । प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ८१ हजार ५२६ मतदाता छन् । निर्वाचनमा विभिन्न १९ राजनीतिक दलका ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार