News »
रामेछापमा साँझ ५ बजेबाट मतगणना हुने


रामेछाप । मंसिर २१ गते

रामेछाप जिल्लामा बिहिबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले सो कुराको जानकारी दिएको हो । मतगणनाको लागि आचारसंहिता निर्माण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बिहिबार विहान सर्वदलिय सर्वपक्षिय बैठकको आयोजना गरेको थियो । कार्याक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले ५ बजेबाट मतगणना गरिने जानकारी गराउँदै मतगणनाका क्रममा अपनाउनु पर्ने आधारभूत आचारसंहिताको बारेमा जानकारी गराएका थिए ।

उनले मतगणनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको पनि सर्वपक्षिय बैठकमा जानकारी दिए । प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यको मतगणना २ स्थानमा गरिने उनले जानकारी दिए । यसै गरी प्रदेश सभा तर्फ को २ वटा क्षेत्रको मतगणना १÷१ स्थानमा हुने उनले जानकारी दिए । मतगणना स्थलको सुरक्षाको लागि नेट जाली लगाइएको पनि उनले बताए । मतगणना गर्ने कर्मचारीहरु नेट भित्र रहने छन् भने । राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि, पत्रकार तथा पर्यवेक्षकहरुले मतगणनास्थलको नेट बाहिरबाट मात्र पर्यवेक्षण गर्न पाउने छन् । सर्वदलिय सर्वपक्षिय बैठका निर्वाचनको मतगणनाको आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र उनीहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । मतगणना गर्दा एकपटकमा एउटा निर्वाचन स्थलका सबै मतदान केन्द्रका मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गन्ने सहमति भएको छ । हरेक मतदान स्थलका मत गनिसकेपछि त्यसको परिणाम सार्वजनिक गर्ने पनि सहमति भएको छ । निर्वाचन अयोगले तोकेको समय सिमा भित्र मतगणना गरि सकिने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप जिल्लामा ८९ हजार ५ सय ८७ मत खसेको छ ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार