News »
रामेछापमा मतगणना जारी , बाम गठबन्धनका उम्मेदवार अगाडि

रामेछाप । मंसिर २२ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । बिहिबार साँझ ६ः४५ बाट सुरु भएको मतगणना प्रत्यक मतदान स्थलमा खसेका मत छुट्टा छ्ट्टै गन्ने काम भैरहेको छ । साँझ ५ बजे वाटनै मत गन्ने सर्वदलिय बैठकले निर्णय गरेको भएपनि झण्डै २ घण्टा पछि मतगणना सुरु भएको थियो । मत गणनाको शुक्रबार बिहान ५ बजे सम्मको परिणामलाई हेर्दा प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार माओावादीका नेता विना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले ४ हजार ८ सय ७३ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले २ हजार ७ सय ५५ मत प्रप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १  मा बाम पनि बाम गठबन्धनकै उम्मेदवार अगाडि देखिएको छ । गठबन्धनका शान्ति प्रसाद पौडेलले २ हजार ४ सय ७० र नेपाली काँग्रेसका रत्न कार्कीले १ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल ३ हजार २० मत प्रप्त गरेका छन् भने  नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगर ७ सय ६४ मत प्राप्त गरेको छ ।  १ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा मत गणना भैरहेको छ । मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न  मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा  रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ   । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार