News »
रामेछापमा महिला हिंसाको घटना बढ्यो , जनचेतना बढाउनुपर्ने सरोकारवालाको जोड

रामेछाप । पौष २६ गते,
रामेछाप जिल्लामा विगतमा भन्दा महिला हिंसाको घटना बढ्दै गएको देखिएको छ । बुधबार मन्थलीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धी अनतरक्रिया र दोस्रो लैङगीक हिंसा अन्त्य तथा लैङगीक सशक्तिकरण सम्बन्धी राष्ट्रिय रणनीती तथा कार्ययोजना तर्जुमा सम्बन्धी राय सुझाव संकलन कार्यक्रममा सम्बन्धीत निकायले प्रस्तुत गरेको तथयाङकले जिल्लामा महिला हिंसा बढ्दै गएको देखाएको हो ।
महिला तथा बालकालिका कार्यालय रामेछापमा मात्रै यो आर्थिक बर्षको ६ महिनामा  ३५ महिला हिंसााको निवेदन परेको छ । जसमा सबैभन्दा बढि घरेलु हिंसाको १७ वटा निवेदन परेको छ । त्यसैगरी वहुविवाहको ५ ,मानसिक हिंसा ७ , आर्थिक १ ,वोक्सीको आरोप २ ,बलात्कार १ र अन्य २ वटा महिला हिंसाको निवेदन परेको महिला तथा बालकालिका कार्यालय रामेछापकी महिला विकास अधिकृत सत्यदेवी अधिकारीले बताईन् । महिला तथा बालबालिका कार्यालयमा आर्थिक बर्ष २०७२÷७३ मा ६० , २०७३÷७४ मा ८० महिला हिंसा घटनाको निवेदन परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङकले झन धेरै महिला हिंसा बढेको देखाएको छ । जिल्ला प्रहरी कार्यालयमा यो आर्थिक बर्षको ६ महिनामा ७९ महिला हिंसाको उजुरी परेकोे छ । उजुरी परेको मध्य ५० वटामा मिलापत्र भएको ९ वटा अदालती प्रक्रियामा गएको जिल्ला प्रहरी कार्यालय रामेछापको महिला सेलकी कविता श्रेष्ठले बताईन् । प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लाममिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उप—सचिव लक्ष्मी प्रसाद गौतमले बढ्दो महिला हिंसाका घटना न्युनिकरण गर्न सबै लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्की ,जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले महिलाहरुमा चेतनाको स्तर बढेकाले हिंसाका घटनाहर सम्बन्धीत निकायसम्म आएको बताए । उनीहरुले टोलटोलमा महिला लैङगीक हिंसा विरुद्धको चेतना मूलक कार्यक्रमहरु लैजान आवश्यक रहेकोमा जोड दिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • सुरक्षित परदेश7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • म पनि गाउँछु7.30PM - 8.00PM
  • सुरक्षित परदेश7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार