News »
गरिवी निवारण कोषको कार्यक्रमले समन्वय बढाउनुपर्ने रामेछापका सरोकारवालाको माग

रामेछाप । पौष २६ गते,
रामेछाप जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथ सरोकारवाला निकायहरुले गरिवी निवारण कोषद्धारा संचालित कार्यक्रमको समन्वय बढाउन सुझाव दिएका छन् । उनीहरुले कोषमार्फत जिल्लामा धेरै रकम लगानी भएको सुनिय पनि त्यसका बारेमा पुर्णरुपमा भने जानकारी नभएको गुनासो गरे । गरिवी निवारणकोषले सदरमुकाम मन्थलीमा बुधबार आयोजना गरेको स्थानीय सरकार तथा सरोकारवाला कार्यालयहरुबिच आफ्नो कार्यक्रम सम्बन्धि जनाकारी दिन र आगामि रणानिति बनाउन गरेको छलफलमा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गरिवी निवारण कोषले जिल्लामा संचालन गरेको कार्यक्रमको सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । उनले अवको दिनमा सवै स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय बढाउदै कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिए ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले गरिवी निवारण कोषले धेरै काम गरेको भए पनि सम्बन्धित निकायसंग समन्वय नहुदा प्रभावकारी नभएको बताए । उनले अब जिल्लामा संचालन गर्ने कामका बारेमा स्थानीय तह अन्य निकायहरुसंग व्यापक छलफल गरेर ग्रामिण भेगमा लैजानुपर्ने बताए । गरिवी निवारण कोष केन्द्रीय कार्यालयका  प्रशासन विक्त महाशाखा प्रमुख सिताराम चौधरीले आगामि दिनमा गरिवी निवारण कोष मार्फत संचालन हुने कार्यक्रम स्थानीय तहसंगको समन्वयमा अगाडि बढाउने बताए ।  गरिवी निवारण कोषले रामेछाप जिल्लामा २०६३ सालबाट कार्यक्रम संचालन गरेको थियो । रामेछापका ९ सामाजिक संस्थाहरुलाई साझेदारका रुपमा लिएर काम गरेको १३ बर्ष भैसके छ । कोष मार्फत जिल्लामा संचालित कार्यक्रमले ग्रामिण भेगमा रहेका विपन्न , कम आए भएका  र दलित जनजाति समुदायको जीवन स्तर उकास्न सहयोग गरेको गरिवी निवारण कोष रामेछापका कार्य प्रवन्धक धुव्र प्रसाद लामिछानेले दावि गरे ।
उनले गरिवी निवारण कोषले संचालन गरेको कार्यक्रम मध्य लिफ्ट खानेपानी र समुदायको मागमा आधारित जीविकोपार्जन कार्यक्रम प्रभावकारी रहेको बताए । रामेछापमा बनेका १ हजार ५ सय सामुदायि संस्था मार्फ ४७ करोड रकम समुदायमा परिचालित रहेको बताए । जिल्लाका ३४ हजार ७ सय ४ घरधुरी गरिवी निवारण कोषको कार्यक्रमले लाभान्वीत भएको उनको भनाई छ । कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा , खाडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ , दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोत्तान, जिल्ला पशु सेवा कार्यालय रामेछापका प्रमुख डा . नारायण प्रसाद शर्मा, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख राजेन्द्र श्रेष्ठ , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङ , उपाध्यक्ष भुवन कुमार श्रेष्ठ र कोषाध्यक्ष रत्न कडेलले गरिवि निवारण कोषले संचालन गरेको कामका बारेमा धारणा राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का अध्यक्षतामा सम्पन्न भएको हो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाली गित
8.00AM - 8.20AM
केहि क्षणमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार